कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

दिप न्यूज

समाचार प्रकाशित मिति :

महेन्द्रनगर, असार ८ – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रुपा जैरु लागुऔषधसहित पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले असार ६ गते भीमदत्त नगरपालिका–१८ को कटान क्षेत्रमा उनलाई पक्राउ गरेको हो। प्रहरीले प्राप्त गरेको गोप्य सूचनाका आधारमा उक्त क्षेत्रमा निगरानी बढाएको थियो।

प्रहरीका अनुसार गौरा मन्दिर टोल निवासी जैरु शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा फेला परेकी थिइन्। त्यसपछि गरिएको खानतलासीका क्रममा उनले दाहिने कोखीमुनि कालो प्लास्टिकको पोकाभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार जैरुको साथबाट प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन ३० एम्पुल बरामद गरिएको छ।

‘लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ डीएसपी रावतले बताए।

प्रहरीले पक्राउ परेकी जैरुमाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

रास्वपाको स्वागत गेट हटाएर पठाइयो ट्यांक बोकेका ५ भारतीय ट्रक

भलमन्सा ऐनको उल्लास: बेलौरी माघ मेला २०८१ सम्पन्न

भलमन्सा ऐनको उल्लास: बेलौरी माघ मेला २०८१ सम्पन्न

महँगी दर १४ महिनायताकै उच्च

महँगी दर १४ महिनायताकै उच्च

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

विद्यार्थीको स्वास्थ्य जोखिममा? बेलौरीमा बिदा बेवास्ता गर्दै विद्यालय सञ्चालन

विद्यार्थीको स्वास्थ्य जोखिममा? बेलौरीमा बिदा बेवास्ता गर्दै विद्यालय सञ्चालन

सांगीतिक क्षेत्रका प्रेमजोडी

सांगीतिक क्षेत्रका प्रेमजोडी

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.