पुलिससामु ब्ल्याक बुल्सको चुनौती

दिप न्यूज

समाचार प्रकाशित मिति :

पोखरा — कीर्तिमानी ११ औंपल्ट आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनल पुगेको विभागीय टोली नेपाल पुलिस क्लबको ७ औंपल्ट च्याम्पियन बनेर अर्को कीर्तिमान रच्ने योजनामा विदेशी टोली ब्ल्याक बुल्स बाधक बन्ला  ? प्रतियोगितामा पहिलापल्ट सहभागी मध्य एसियाली राष्ट्र उज्वेकिस्तानको ब्ल्याक बुल्स शनिबार पोखरा रंगशालामा ६ पल्टको च्याम्पियन पुलिसलाई हराएर उपाधि उचाल्ने दाउमा छ ।

प्रतियोगिताको २४ औं संस्करणमा पुलिसले ३ खेलमा विपक्षीलाई हराउने क्रममा ४ गोल गरेको छ । ब्ल्याक बुल्सले भने २ खेलमै ७ गोल पुर्‍याएको छ । पुलिसले उद्घाटन खेलमा आयोजक सहारालाई १–०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज यूकेलाई २–० र सेमिफाइनलमा

‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराएको थियो । सिधैं क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले भारतको थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किमलाई ३–० र पाँचपल्टको च्याम्पियन थ्रीस्टारलाई ४–० ले पराजित गरेको थियो । दुवै टोलीबीचको समानता भनेको विपक्षीबाट कत्ति पनि गोल नखानु हो ।

यसपल्ट पुलिस क्लबसँग चिरपरिचित खेलाडी छैनन् । बरू युवा जोसले भरिएका नयाँ खेलाडी छन् । पुलिसको बलियो पक्ष भनेकै टिम ‘स्पिरिट’ र यसको गति हो । लिग विजेता चर्चा ब्वाइजलाई प्रतियोगिताकै २ सय ५० औं खेलमा हराउँदा पुलिसका खेलाडीमा हौसला बढेको छ । यो सिजनमा यसअघि सभापति कप, भरत गोल्डकप र बुढासुब्बा गोल्डकपमा पहिलो खेलबाटै बाहिरिनुपरेको पुलिस आहा–रारामा कीर्तिमानी ११ औंपल्ट फाइनल पुग्दा हौसिएको छ । ब्ल्याक बुल्सको खेल हेरिसकेपछि पुलिसका खेलाडी सशंकित छन् । उपाधि यात्रामा ब्ल्याक बुल्स बाधक बन्ने डर पुलिसमा प्रस्ट देखिन् ।

प्रशिक्षक चेतन घिमिरे ब्ल्याक बुल्स शारीरिक र प्राविधिक रूपमा राम्रो टिम रहे पनि फाइनलमा जुध्न आफूहरू मानसिक तयार भएको बताउँछन् । शुक्रबार प्रि म्याच कन्फेरेन्समा उनले पछिल्लो ९ महिना पुलिसले एकसाथ प्रशिक्षण गरेको फाइदा पुलिसलाई रहेको बताए । ‘खेलको अवस्था हेरेर कस्तो रणनीति अपनाउने भन्नेमा हामी सफल छौं, स्कोर पनि गर्न पुगिरहेका छौं,’ उनले भने, ‘अब पनि त्यहीअनुसार रणनीति प्रयोग गर्छौं ।’ उनले आफ्ना खेलाडीमा विश्वास रहेको र रणनीतिअनुसार तयारी गरेर जित्ने लक्ष्य रहेको बताए । भने, ‘इतिहास बनाउने सुनौलो अवसर छ ।’

टिम कप्तान राम वाजी पुलिसको स्टार खेलाडीले भरिएको पहिले र युवा खेलाडीले भरिएको अहिलेको टिममा धेरै फरक रहेको स्वीकारे । ‘अहिले हामीलाई गाह्रो नै छ । हामीलाई च्यालेन्ज पनि छ, नयाँ प्लेयरहरू छ, योङ प्लेयर छ, त्यो केटाहरूलाई ग्रुम गर्नुपर्‍यो । मोटिभेट गर्नुपर्‍यो,’ उनले भने, ‘हरेक कुरामा च्यालेन्ज छ तर यो च्यालेन्ज स्वीकारेर नै हामी अगाडि बढिरहेका छौं ।’

इतिहास बनाउले सबैको चाहना हुने भन्दै उनले पुलिसका खेलाडीको गति, युवा जोस र टिमको रणनीतिले पनि धेरै काम गरिरहेको बताउँछन् । ‘हाम्रो एउटै रणनीति हुँदैन । परिवर्तन भइरहन्छ । प्रशिक्षकले दिएको निर्देशन पछ्याइरहेका छौं । त्यही कुराले रिजल्ट आइरहेको छ,’ उनले भने, ‘यही कुरालाई निरन्तरता दिएर फाइनल आफ्नो पक्षमा पार्ने विचार छ ।’

यू–२३ टोलीबाट खेल्न काठमाडौं पुगेका आशिष राई र सुजन मगरले सेमिफाइनल खेल्न पाएनन् । मिडफिल्डमा कप्तान वाजीसँग सहकार्य गरेका राईको अभाव पनि टिममा देखिने छ । उनीहरूको अभावलाई अन्य खेलाडीले पूर्ति गर्नेमा कप्तान वाजी विश्वस्त छन् ।

एएफसी च्याम्पियन्स लिग खेलेको उज्वेकिस्तानको फुटबल क्लब नाभबाहोर नामानगान एफसीको दोस्रो रोजाइका खेलाडी सम्मिलित टिम हो, ब्ल्याक बुल् । यो टिममा नाभबाहेरबाटै खेलेका अलिजोन अलिजोनोभ पनि सामेल छन् । राष्ट्रिय टोलीबाट खेलेका अन्य तीन खेलाडी समावेश छन् ।

नेपाल आएर जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका अब्दुलाजिज निसोनबाएभ यसपल्ट ब्ल्याक बुल्समा प्रशिक्षक भएर आएका छन् । मनाङ मर्स्याङ्दीबाट खेलेका साइदजमोल यसपल्ट पोखरा खेल्न आएका छन् । मनाङबाटै खेलेका रन्दीप पौडेल टिममा समेटिएका छन् । वैकल्पिक गोलरक्षक सुदीप सुनार र हङकङका सान्जियो लिम्बू यो टिममा छन् ।

यसपल्ट ब्ल्याक बुल्सले फाइनलमा पुलिसलाई अप्ठेरोमा पार्ने दर्शकको आँकलन छ । ब्ल्याक बुल्सले फाइनल जिते प्रतियोगिताले नयाँ च्याम्पियन पाउने छ । यसअघि पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितेको थियो । मनाङ मर्स्याङ्दीले ६ पल्ट, थ्रीस्टारले पाँचपल्ट, संकटाले दुई, सहारा, अफ्रिकन युनाइटेड, एपीएफ र आर्मीले एक–एक पटक उपाधि उचालेका छन् ।

यसपल्ट प्रतियोगितामा तीन विदेशी टोली सहभागी भए पनि ब्ल्याक बुल्स भाग्यमानी ठहरियो । उपाधि जित्ने पहिलो विदेशी टोली अफ्रिकन युनाइटेड थियो । टोलीले ०६२ मा उपाधि जितेको थियो । प्रतियोगितामा यसपल्ट ब्ल्याक बुल्स दाबेदार देखिँदा संकटा, थ्रीस्टार, मछिन्द्र जस्ता टिम कमजोर साबित भए । प्रतियोगितामा १२ टिम प्रतिस्पर्धी थिए ।

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिज निशोनबाएभ फाइनल खेलमा सधैं ५०–५० कै सम्भावना हुने बताउँछन् । पुलिसका खेलाडी द्रूत गतिमा खेलिरहेको बताउँदै उनले रणनीति पनि राम्रो रहेको बताए । ‘पोखरा सुन्दर छ,’ उनले भने, ‘मौका पायौं भने अर्कोपल्ट पनि खेल्न आउँछौं ।’

कप्तान जाखोनगिर आख्मादोभले जित्ने गरी तयारी गरेको सुनाए । प्रतियोगितामा विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

रास्वपाको स्वागत गेट हटाएर पठाइयो ट्यांक बोकेका ५ भारतीय ट्रक

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

बेलौरीमा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन सुरु

नेशनल लघुवित्तद्वारा पतञ्जली योगा समितिलाई कार्पेट हस्तान्तरण

MPDS डडेलधुराको आयोजनामा पुनर्वासका विभिन्न वडामा महिला तथा लक्षित समुदायको लागि घुम्ती कानुनी सेवा र समुदाय संवाद कार्यक्रम सम्पन्न

belauri Swasthya

belauri Swasthya

नेशनल लघुवित्त शाखा कार्यालय बेलौरीको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.