‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

दिप न्यूज

समाचार प्रकाशित मिति :

पाँचथर — आयोजकको तालिका अनुसार दीपक बज्राचार्य र उनको ब्याण्ड (रिदम) को प्रस्तुति शुक्रबार साँझ ८ बजेदेखि सुरु हुनुपर्ने थियो । स्थानीय कलाकारको प्रस्तुति, सम्मान र पुरस्कार वितरण जस्ता कार्यक्रम सकिएर बज्राचार्यलाई स्टेजमा निमन्त्रणा गर्दा ठ्याक्कै रातिको १० बज्यो ।

दर्शक बज्राचार्यको प्रस्तुति सुन्न कुरिरहेका थिए । निमन्त्रणा आउनासाथ स्टेज उक्लिएका रिदम ब्याण्डका कलाकारले वाद्यवादन सामग्री फिजाए, प्राविधिकहरुले यन्त्र जाँचे, माइक्रोफोन मिलाए, इञ्जिनियरले आवाजको गुणस्तर जाँचे सबै कुराको तारतम्य मिलेपछि बज्राचार्यले उपस्थित दर्शकलाई ज्याकेट फुकाउँदै सम्बोधन गर्न थाले ।‘कार्यक्रम आठ बजे नै हुनुपर्थ्यो, हरेक ठाउाको आ–आफ्नै विशेषता हुन्छन् । यतिबेरसम्म कुरिदिनुभयो त्यसका लागि तपाईं सबैलाई आभार ।’ ‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति दिन थाले ।

पहिलो र दोस्रो गीत गाउँदा माहोल तातेन । दोस्रो गीत गाउनुअघि दर्शकलाई आफूसँगै गाएर नाच्न अनुरोध गरे । तेस्रो प्रस्तुति ‘काँचो माया पियारी’ बोलको गीत सुरु गर्नेबित्तिकै स्टेजमुनि रहेका दर्शक उत्साहित बने । चारवटा गीतसम्म माहोल गर्माइसकेको थियो ।

‘मायाको डोरीले’ गीत गाउँदा स्टेजमा धिमे बाजासहित लाखेले पनि प्रस्तिती दिन थाल्यो ।

दर्शक दीर्घामा गीत गाएर साथ दिनेहरु झनै हौसिँदै नाच्न थाले । ‘तपाईहरुको भ्यालेन्टाइन्स कस्तो हुँदै छ त ?’ दीपकले जब प्रश्न गरे– ‘गज्जब।’अगाडिबाट जवाफ आइरहृयो ।

बज्राचार्य र उनको टिमले मध्यरातसम्म २ घण्टासम्म निरन्तर प्रस्तुति दियो । रिदम ब्याण्डसहित पहिलो पटक पाँचथर आएका बज्राचार्यले स्टेजमा ‘मायाको डोरीले’, ‘ओ अमिरा’, ‘काली काली’ हुँदै ‘कसले देला धन’सहित नयाँ–पुराना एक दर्जन गीत गाए ।

यत्तिका गीत गाउँदासम्म नाचेका अधिकांश पसिनाले निथ्रुक्कै भिजिसकेका थिए ।

भ्यालेन्टाइन्स डे अर्थात ‘प्रणय दिवस’ को साँझ आयोजना गरिएको यो कार्यक्रम हेर्न पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम र इलामसम्मका दर्शक फिदिम माध्यमिक विद्यालयको मैदानमा भेला भएका थिए ।

फिदिमका सक्रिय युवाहरुले स्थापना गरेको सामाजिक संस्था ‘हेल्प टुगेदर फाउण्डेसन’ को आयोजनामा बज्राचार्य र उनको ब्याण्ड रिदम पाँचगरमा पहिलोपटक प्रस्तुति दिएन आएको हो ।

कन्सयर्टमा समावेश गरिएका नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाच आदीले आफ्नो मन खिचेको तेह्रथुमको आठराईबाट आएकी रमा कन्दङवाले बताइन् ।

युवा पुस्तामाँझ बढ्दो लागू पदार्थ दुर्व्यसन न्यूनीकरणसँगै गीत र संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन यो कार्यक्रम आयोजना गरिएको आयोजक हेल्प टुगेदर फाउण्डेसनका अध्यक्ष सुशिल श्रेष्ठले बताए ।

बज्राचार्य उपस्थित कन्सर्ट हेर्न अधिकांश युवा युवती भेला भएका थिए । सदरमुकामसँगै ग्रामीण क्षेत्रबाट कोही जोडी कसेर, कोही हुल बाँधेर त कोही गाडी नै रिजर्ब गरेर आएका प्रशंसकहरुले बज्राचार्यको लाइभ कन्सर्ट उत्साह साथ हेरे ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

नेशनल लघुवित्तद्वारा पतञ्जली योगा समितिलाई कार्पेट हस्तान्तरण

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

रास्वपा महाधिवेशनस्थल उदघाटन स्थलमा जम्यो पानी, मोटर लगाएर फाल्दै कार्यकर्ता

बाजुरामा बस दुर्घटना, २४ जना घाइते

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

Laljhadi

Laljhadi

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.