अञ्जनले चितवनबाट एनएसएल खेल्ने

दिप न्यूज

समाचार प्रकाशित मिति :

काठमाडौँ — राष्ट्रिय फुटबल टोलीका कीर्तिमानी खेलाडी अञ्जन विष्टले एफसी चितवनबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । चैत १३ देखि हुने तेस्रो एनएसएलमा लागि चितवनले अञ्जनलाई ‘मार्की’ खेलाडीको रूपमा लिएको शुक्रबार जनाएको छ ।

राष्ट्रिय टोलीबाट कीर्तिमानी १३ गोल गरेका अञ्जनले पहिलो सिजन ललितपुर सिटी र दोस्रो सिजन झापा एफसीबाट खेलेका थिए । ‘म एफसी चितवनमा आबद्ध हुन पाउँदा उत्साही छु र एनएसएलको नयाँ सिजनलाई तयार छु,’ अञ्जनले चितवनको विज्ञप्तिमा भनेका छन्, ‘मेरो नयाँ टोलीका खेलाडीसँग सहकार्यको प्रतीक्षामा छु र क्लबलाई सफलता दिलाउन आतुर छु ।’

चितवनका अध्यक्ष सचिन ढकालले अञ्जनलाई अनुबन्धन गर्दा आफूहरू रोमाञ्चित भएको जनाउँदै भने, ‘उनको ट्र्याक रेकर्ड, व्यावसायिकता र समर्पण हाम्रा लागि बहुमूल्य हुने विश्वास लिएका छौं ।’ चितवनले यसअघि नवीन न्यौपानेलाई प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

सनिश र आदित्य ललितपुरमै

डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई निरन्तरता दिएको छ । फागुन १० मा हुने एनएसएलको अक्सनअघि रिटेन गर्ने प्रावधान रहेको एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले अघिल्लो दिन जनाएको थियो ।

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका सनिशलाई ‘ए’ श्रेणी र आदित्यलाई ‘बी’ श्रेणीबाट रिटेन गरेको हो । ललितपुरले दुई वर्षअघि धनगढी सिटीलाई फाइनलमा ३–२ ले पराजित गर्दा आदित्य प्लेयर अफ द म्याच चुनिएका थिए ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

belauri Swasthya

belauri Swasthya

“श्रमको सम्मान, सफा समाज निर्माण — बेलौरीमा YCL को श्रम अभियान सशक्त रूपमा सुरू”

सामुदायिक हितमा अमर गोकुल बन समितिको अनुकरणीय योगदान

बेलौरीमा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन सम्पन्न, पुनः लाल बहादुर चौधरीको नेतृत्वमा नयाँ समिति चयन

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

रास्वपा महाधिवेशनस्थल उदघाटन स्थलमा जम्यो पानी, मोटर लगाएर फाल्दै कार्यकर्ता

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

बेलौरीमा ऐलानी जमिनको नापजाँच सुरु, लालपुर्जाको आशामा ५५३१ किसान

बेलौरीमा ऐलानी जमिनको नापजाँच सुरु, लालपुर्जाको आशामा ५५३१ किसान

बेलौरीमा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन सुरु

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.