सामुदायिक हितमा अमर गोकुल बन समितिको अनुकरणीय योगदान

दिप न्यूज

समाचार प्रकाशित मिति :

साउन १ पुनर्बास  कंचनपुर ,पुनर्बास नगरपालिका–११, अमरबस्तीमा रहेको अमर गोकुल सामुदायिक उपभोक्ता बन समितिले सामाजिक सेवा र सामुदायिक विकासमा महत्वपूर्ण योगदान पु‍र्‍याउँदै चारवटा स्थानीय समितिहरूलाई एक लाख दश हजार रुपैयाँ बराबरको आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समितिको यस पहललाई सामुदायिक उत्थानमा नयाँ ऊर्जा दिने कदमका रूपमा हेरिएको छ।

एक विशेष कार्यक्रममार्फत जडिबुटी खेती गर्ने कृषक समूहलाई रु. २०,०००, अक्सिजन व्यवस्थापन समितिलाई रु. २०,०००, डोकेबजार खानेपानी समितिलाई रु. २०,००० र जीविकोपार्जन उपसमितिलाई रु. ५०,००० का दरले नगद तथा चेक वितरण गरिएको हो। सहयोग प्राप्त गर्ने सबै समितिहरू आ–आफ्नो क्षेत्रको सुधार र समुदायको हितमा सक्रिय भूमिका खेल्दै आएका छन्।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष मान बहादुर थापाले समुदायको समग्र विकास नै समितिको मूल लक्ष्य भएको स्पष्ट पारे। उनले भने, “हामी जनताको सेवा, सहयोग र सहभागितामा विश्वास राख्छौं। बन संरक्षण मात्र होइन, जनजीवनमा सकारात्मक परिवर्तन ल्याउनु पनि हाम्रो जिम्मेवारी हो।” थापाले स्थानीय स्रोतसाधनको सदुपयोगद्वारा जीवनस्तर उकास्न सकिनेमा पूर्ण विश्वास व्यक्त गरे।

स्थानीयवासीहरूले समितिको यस कार्यको प्रशंसा गर्दै कृषि, स्वास्थ्य, खानेपानी तथा जीविकोपार्जनका क्षेत्रमा कार्यरत समूहहरूलाई थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्। यस्तो पहलले पारदर्शिता, स्थानीय नेतृत्वको सुदृढीकरण र स्रोतको प्रभावकारी उपयोगप्रति समुदायको विश्वास अझ प्रगाढ बनाएको छ।

यसैक्रममा, अमर गोकुल बन समितिले आगामी आर्थिक वर्षमा विद्यालय, मठ–मन्दिर, डिके–२ को विद्युत् लाइन विस्तार, गुम्बा लगायतका सामाजिक तथा धार्मिक संस्थाहरूलाई समेत सहयोग गर्ने घोषणा गर्दै समग्र विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ। समितिको यो कार्यले पुनर्बास क्षेत्रलाई आत्मनिर्भर र समृद्ध बनाउने यात्रामा थप गति दिने विश्वास गरिएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

श्री सिद्धेश्वरी माविमा भर्ना अभियान कार्यक्रम सम्पन्न

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

“जननमुना माविको २४औँ वार्षिक उत्सव:शिक्षामा समुदायको सफल उदाहरण”

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ :  अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री पौडेल

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.