ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

दिप न्यूज

समाचार प्रकाशित मिति :

बेलौरी, कञ्चनपुर। ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच कर्मचारी तथा सदस्यहरूलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय स्वास्थ्य सेवा सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार नेसनल लघुवित्त बेलौरी शाखाका कर्मचारी तथा सदस्यहरूले ईशान मेमोरियल अस्पतालबाट प्रदान गरिने प्रयोगशाला (ल्याब), भिडियो एक्स–रे (USG), ईसीजी लगायतका स्वास्थ्य परीक्षण सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। साथै, आवश्यक चिकित्सकीय सिफारिसका आधारमा ओपीडी टिकट निःशुल्क उपलब्ध गराइने तथा औषधि एवं शल्यक्रिया सामग्रीमा ५ प्रतिशत छुट प्रदान गरिनेछ।

यस सुविधा प्राप्त गर्न संस्थाले जारी गरेको सदस्य वा कर्मचारी परिचयपत्र अनिवार्य रूपमा अस्पतालमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। स्वास्थ्य सेवाको शुल्क भने सेवाग्राहीले अस्पतालमा नगद वा डिजिटल माध्यमबाट स्वयं भुक्तानी गर्नुपर्नेछ।

नेसनल लघुवित्त बेलौरी शाखाले आफ्ना सदस्यहरूको जीवनस्तर सहज र समृद्ध बनाउन स्वास्थ्य सेवामात्र नभई कृषि, पशुपालन, व्यवसाय प्रवर्द्धन तथा अन्य विभिन्न सेवा प्रदायक संस्थाहरूसँग पनि समय–समयमा सहकार्य तथा सम्झौता गर्दै आएको जनाएको छ। यस्ता सहकार्यबाट सदस्यहरूले आवश्यक सेवा तथा सुविधाहरू सहुलियत दरमा प्राप्त गर्दै आएका छन्।

एक वर्षका लागि लागू हुने उक्त सम्झौतामा नेसनल लघुवित्त बेलौरी शाखाका शाखा प्रमुख बम कृष्ण ओली तथा ईशान मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक पूजा भट्ट ले हस्ताक्षर गरेका छन्।

नेसनल लघुवित्तले सदस्य–केन्द्रित सेवा विस्तार गर्ने अभियानअन्तर्गत गरिएको यो सहकार्यले सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

विद्यार्थीको स्वास्थ्य जोखिममा? बेलौरीमा बिदा बेवास्ता गर्दै विद्यालय सञ्चालन

विद्यार्थीको स्वास्थ्य जोखिममा? बेलौरीमा बिदा बेवास्ता गर्दै विद्यालय सञ्चालन

रास्वपा महाधिवेशनस्थल उदघाटन स्थलमा जम्यो पानी, मोटर लगाएर फाल्दै कार्यकर्ता

बेलौरीमा ऐलानी जमिनको नापजाँच सुरु, लालपुर्जाको आशामा ५५३१ किसान

बेलौरीमा ऐलानी जमिनको नापजाँच सुरु, लालपुर्जाको आशामा ५५३१ किसान

महँगी दर १४ महिनायताकै उच्च

महँगी दर १४ महिनायताकै उच्च

belauri nagarpalika

belauri nagarpalika

“श्रमको सम्मान, सफा समाज निर्माण — बेलौरीमा YCL को श्रम अभियान सशक्त रूपमा सुरू”

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

सामुदायिक हितमा अमर गोकुल बन समितिको अनुकरणीय योगदान

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ :  अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री पौडेल

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.