बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

दिप न्यूज

समाचार प्रकाशित मिति :

 

नवराज अवस्थी, बेलौरी, असार १०। बेलौरी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ५५ लाख रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १६औँ नगरसभामा उपप्रमुखद्वारा प्रस्तुत बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

प्रस्तावित बजेटअनुसार कुल बजेटमध्ये ७३ करोड ८५ लाख २४ हजार रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ, जुन कुल बजेटको ७८.११ प्रतिशत हो। यस्तै २० करोड ६९ लाख ७६ हजार रुपैयाँ पूँजीगत अर्थात् विकास निर्माणतर्फ छुट्याइएको छ, जुन कुल बजेटको २१.८९ प्रतिशत हुन आउँछ।

नगरपालिकाले आगामी वर्ष सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै पूर्वाधार विकास, सडक स्तरोन्नति, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, कृषि उत्पादन वृद्धि र स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ। बजेटको प्रमुख स्रोतका रूपमा सामाजिक सुरक्षातर्फ २२ करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणतर्फ ४४ करोड १६ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १२ करोड ६० लाख ३८ हजार रुपैयाँ तथा प्रदेश सरकारबाट ८ करोड २८ लाख ६२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यसैगरी आन्तरिक आयबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने सरी आएको मौज्दातबाट २ करोड रुपैयाँ र सडक बोर्डबाट ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

स्थानीय आवश्यकता र जनप्रतिनिधिबाट प्राप्त सुझावका आधारमा वडा स्तरीय योजनाका लागि कुल ३ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। वडा नं. १ देखि १० सम्मका विभिन्न विकास योजनाका लागि आवश्यक बजेट छुट्याइएको नगरपालिकाले जनाएको छ।

नगरस्तरीय योजना तथा नगर गौरवका आयोजनाका लागि भने २४ करोड रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले दीर्घकालीन प्रभाव पार्ने भौतिक पूर्वाधार, सार्वजनिक सेवा विस्तार तथा उत्पादनमूलक क्षेत्रको विकासमा जोड दिने नीति लिएको जनाएको छ।

नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि आवश्यक सुझाव समेटेर आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइने जनाइएको छ। नगरपालिकाले सीमित स्रोत र बढ्दो आवश्यकता बीच सन्तुलन कायम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

belauri nagarpalika

belauri nagarpalika

नेशनल लघुवित्त शाखा कार्यालय बेलौरीको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

“श्रमको सम्मान, सफा समाज निर्माण — बेलौरीमा YCL को श्रम अभियान सशक्त रूपमा सुरू”

श्री सिद्धेश्वरी माविमा भर्ना अभियान कार्यक्रम सम्पन्न

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

Laljhadi

Laljhadi

belauri Swasthya

belauri Swasthya

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.