भलमन्सा ऐनको उल्लास: बेलौरी माघ मेला २०८१ सम्पन्न

दिप न्यूज

समाचार प्रकाशित मिति :

बेलौरी भलमन्सा समितिले आयोजना गरेको माघ म्याला सम्पन्न ।।

नवराज अवस्थी / हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ पुस ।

कञ्चनपुरको बेलौरीमा भलमन्सा समितिले आयोजना गरेको माघ म्याला सम्पन्न भएको छ । बेलौरी नगरपालिकाले डगौरा थारु र रानाथारु समुदायको परम्परागत भलमन्सा प्रणालीलाई कानुनी मान्यता प्रदान गर्दै “भलमन्सा ऐन” पारित गरेको ऐतिहासिक अवसरमा तीन दिनसम्म माघ म्याला आयोजना गरेको थियो । पुस २६, २७ र २८ गतेसम्म बेलौरीको खुला मञ्चमा सञ्चालित मेलाको आइतबार साँझ समापन गरिएको छ ।

समापन समारोहका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले माघ पर्व (माघी) को अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो, “भलमन्सा प्रणाली थारु समुदायको परम्परा र पहिचानको मुख्य आधार हो । यसलाई कानुनी मान्यता दिएर नगरपालिकाले सांस्कृतिक सम्पदाको संरक्षणमा ऐतिहासिक कदम चालेको छ । यस प्रकारका कार्यक्रमले स्थानीय एकता र समृद्धिलाई प्रोत्साहन गर्नेछ ।”

विशिष्ट अतिथि समेत रहनु भएका नगर उपप्रमुख जोगराम चौधरीले थारु समुदायको सांस्कृतिक रीतिरिवाज जोगाउन बेलौरी नगरपालिका प्रतिबद्ध रहेको सुनाउनु भयो । उहाँले भन्नुभयो, ” मेलाले परम्परागत पहिचानलाई बचाएको मात्रै नभई स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूको योगदानले हाम्रो संस्कृति उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।”

मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरका थारु कलाकारहरूले झाँकी, नृत्य र सांस्कृतिक प्रस्तुति दिनु भएको थियो । साथै, थारु समुदायका परम्परागत परिकारहरूको प्रदर्शनले दर्शकहरूको मन जितेको थियो । कार्यक्रमका दौरानमा नगरपालिकाले ९८ वटा गाउँलाई भलमन्सा प्रणालीमा दर्ता गराएको घोषणा पनि गरेको छ ।

माघ पर्व (माघी) थारु परम्परा, पहिचान र एकताको प्रतीकका रूपमा स्थापित भएको छ । बेलौरी नगरपालिकाले विभिन्न समुदायले मनाउने चाडपर्वहरू तथा मेला महोत्सव जस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

“श्रमको सम्मान, सफा समाज निर्माण — बेलौरीमा YCL को श्रम अभियान सशक्त रूपमा सुरू”

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

“जननमुना माविको २४औँ वार्षिक उत्सव:शिक्षामा समुदायको सफल उदाहरण”

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा समूह अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

बेलौरी नगरपालिकाद्वारा श्रम विवाद रोकथाम सम्बन्धी अन्तरक्रिया सम्पन्न

बेलौरी नगरपालिकाद्वारा श्रम विवाद रोकथाम सम्बन्धी अन्तरक्रिया सम्पन्न

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.