नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

दिप न्यूज

समाचार प्रकाशित मिति :

काठमाडौं । पारदर्शी फोनको रूपमा छुट्टै पहिचान बनाएको नथिङ ब्रान्डले नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ । स्पेनको बार्सिलोनामा आयोजना हुने वर्ल्ड मोबाइल कङ्ग्रेस २०२५ का क्रममा कम्पनीले बहु प्रतिक्षित फोन थ्री ए सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले यो सिरिज दुई ओटा मोडेलमा ल्याउन लागेको बताइएको छ । रिपोर्टका अनुसार बेस मोडेललाई फोन थ्री ए र प्रिमियम मोडेललाई थ्री ए प्रो नाम दिइएको छ ।

नथिङका संस्थापक कार्ल पेई आफ्नो ब्रान्डलाई भारतमा स्थापित गर्न लागि परेका छन् । त्यसैले विश्व बजारसँगै यो फोन भारतमा पनि त्यही दिन सार्वजनिक हुने बताइएको छ ।

फोन थ्री एमा पारदर्शी ब्याक प्यानल, एलईडी डिजाइन र बक्स आकारको फ्रेम हुने अपेक्षा गरिएको छ । बाहिरिएका विवरणलाई आधार मान्ने हो भने यसमा आईफोनको जस्तो कस्टमाइजेबल बटन हुनेछ । प्रयोगकर्ताले उक्त बटनमा आफ्नो आवश्यकता अनुसारको फिचर राख्न सक्नेछन् ।

त्यस्तै फोनमा छुट्‍टै क्यामेरा बटन पनि हुने बताइएको छ । यसमा १२० हर्ज रिफ्रेश रेटको ६.८ इन्च आकारको एफएचडी प्लस एमोलेड डिस्प्ले हुनेछ । नथिङ थ्री ए ब्ल्याक एन्ड ह्वाइट कलरमा उपलब्ध हुनेछ भने प्रो मोडेल ग्रे एन्ड ब्ल्याक कलर भेरियन्टमा पनि आउनेछ ।

यसमा स्नापड्रागन सेभेन एस जेन थ्री चिपसेट हुने अपेक्षा गरिएको थियो । थ्री ए मोडेल स्टोरेजका सन्दर्भमा ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यता प्रो मोडेल भने १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुने जनाइएको छ । यो फोन एन्ड्रोइड १५ र नथिङ ओएस ३.० मा चल्ने जनाइएको छ ।

यसको पछाडिपट्टि तेर्सो डिजाइनमा तीन ओटा क्यामेरा हुने भनिएको छ । तर, क्यामेरा कति मेगापिक्सेलको हुन्छ भन्ने खुलाइएको छैन । त्यस्तै सेल्फी क्यामेराको विवरण पनि हालसम्म बाहिर आइसकेको छैन ।

ब्याट्रीको कुरा गर्नुपर्दा यो फोनमा ४,२०० एमएएच क्षमताको ब्याट्री हुने चर्चा छ । चार्जिङका सन्दर्भमा भने यसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्नेछ । नथिङ थ्री एको मूल्य भारतीय बजारमा २४ हजारदेखि २६ हजार भारुसम्म हुने र थ्री ए प्रोको मूल्य २८ हजारदेखि ३० हजार भारुसम्म पर्ने आँकलन गरिएको छ ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

बैतडीमा जन्ति बोकेको बस दुर्घटनामा,

बैतडीमा जन्ति बोकेको बस दुर्घटनामा,

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

बेलौरीमा शिक्षा अधिकारबारे सशक्त सन्देश: “सबै बालबालिकाका लागि विद्यालय अनिवार्य”

Laljhadi

Laljhadi

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.