MPDS डडेलधुराको आयोजनामा पुनर्वासका विभिन्न वडामा महिला तथा लक्षित समुदायको लागि घुम्ती कानुनी सेवा र समुदाय संवाद कार्यक्रम सम्पन्न

दिप न्यूज

समाचार प्रकाशित मिति :

पुनर्वास, साउन २५
कानुन तथा संसदीय व्यवस्था मन्त्रालयको स्वीकृत कार्यक्रम अन्तर्गत बहुउद्देश्य विकास समाज (MPDS), डडेलधुरा को आयोजनामा पुनर्वास नगरपालिका वडा नं. १, २ र ४ मा महिला तथा लक्षित समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले घुम्ती कानुनी सेवा र समुदाय संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम पुनर्वास नगरपालिकासँगको सहकार्यमा सञ्चालित भएको हो। सहजकर्ता पुष्कर चन्दको संयोजनमा कार्यक्रम अघि बढाइएको थियो, जसमा महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायत अन्य समावेशी समुदायहरूलाई लक्षित गर्दै कानुनी जानकारी, छलफल तथा निशुल्क कानुनी परामर्श प्रदान गरिएको थियो।

अधिवक्ता सुरेन्द्र सिंह भण्डारीद्वारा कार्यक्रमस्थलमै निशुल्क कानुनी परामर्श दिइएको थियो। कानुनी शिक्षा र सेवामा पहुँच पुर्‍याउने उद्देश्यले गरिएको यो पहल अन्तर्गत समुदायमै पुगेर समस्या सुन्ने, बुझ्ने र समाधान खोज्ने प्रयास गरिएको हो।

“ए.एस.जी. कार्यक्रम” अन्तर्गत सञ्चालित यस अभियानले ग्रामीण क्षेत्रका महिलाहरू तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूमा न्यायप्रति विश्वास, आत्मबल र अधिकारबोधको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा सहभागी समुदायका प्रतिनिधिहरूले यस्तो किसिमका कार्यक्रमहरूले संवेदनशील मुद्दाहरूमा खुला छलफल र समाधान खोज्ने बाटो खोल्ने प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्तो कार्यक्रमले कानुनी अज्ञानताका कारण हुने समस्याबाट जोगिन मद्दत मिल्ने समेत बताएका छन्।

MPDS डडेलधुराले सबै वडाहरूमा क्रमशः यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको जानकारी दिँदै, स्थानीय सरकार, नागरिक समाज र समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाएको आयोजक संस्थाले उल्लेख गरेको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक  समीक्षा बैठक सम्पन्न

सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न

MPDS डडेलधुराको आयोजनामा पुनर्वासका विभिन्न वडामा महिला तथा लक्षित समुदायको लागि घुम्ती कानुनी सेवा र समुदाय संवाद कार्यक्रम सम्पन्न

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

श्री सिद्धेश्वरी माविमा भर्ना अभियान कार्यक्रम सम्पन्न

कञ्चनपुर जिल्ला क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जनक सिंह धामीको अपिल

Laljhadi

Laljhadi

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.