बेलौरीमा ऐलानी जमिनको नापजाँच सुरु, लालपुर्जाको आशामा ५५३१ किसान

दिप न्यूज

समाचार प्रकाशित मिति :

नवराज अवस्थी, श्रावण २०, बेलौरी कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिकामा वर्षौंदेखि जमिनको कानुनी स्वामित्वविहीन जीवन बिताउँदै आएका किसानहरूको लागि ऐतिहासिक दिन आएको छ। मंगलबारदेखि नगरपालिकाको वडा नं. ३ र ५ मा एकैपटक ऐलानी जमिनको नापजाँच प्रक्रिया सुरु गरिएको छ।

बेलौरी नगरप्रमुख पोतिलाल चौधरीले नापजाँच कार्यको औपचारिक सुरुआत गर्दै यस अभियानले जमिनविहीन, सुकुमबासी र अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकहरूलाई कानुनी अधिकार दिलाउने बताए। “यो केवल प्रशासनिक प्रक्रिया होइन, जनताको स्वाभिमान र अधिकार स्थापना गर्ने हाम्रो ऐतिहासिक अभियान हो,” मेयर चौधरीले भने। “दुई वडाबाट थालिएको यो कार्य क्रमशः अन्य वडामा पनि विस्तार गरिनेछ।”

वडा नं. ५ का अध्यक्ष लाल बहादुर चौधरीले वडामा नापजाँच सुरु भएसँगै वर्षौंदेखिका आशाहरू बलियो बनेको बताए। “जनताले अब कानुनीरूपमा जमिनको मालिक बन्ने अवसर पाएका छन्,” उनले भने, “यो हाम्रो वडाको लागि ऐतिहासिक अवसर हो।”

भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्रप्रकाश पन्तका अनुसार जिल्लाभर विभिन्न पालिकाहरूमा नापजाँच अभियान सञ्‍चालित छ। उनका अनुसार बेलौरी नगरपालिका यस अभियानमा सक्रियताका साथ अग्रसर भएको पालिका हो। आयोगका सदस्य दिल बहादुर देउवाले बेलौरीमा छुटफुट नागरिकलाई समेत समावेश गर्दै नापजाँच कार्य अघि बढाइएको बताए।

बेलौरीमा हालसम्म ५ हजार ५ सय ३१ किसानले नापजाँचका लागि फारम भरेका छन्। आयोगका सदस्य सचिव दिवैराज भट्टका अनुसार नापजाँच सकिएपछि लालपुर्जा वितरण प्रक्रिया पारदर्शिता र निष्पक्षताका आधारमा निरन्तर रुपमा अघि बढाइनेछ।

नगरपालिकाको यो अभियानले न केवल जमिनको कानुनी स्वामित्व दिन थालेको छ, तर भूमिहीन वर्गको सामाजिक र आर्थिक रूपान्तरणतर्फको यात्राको थालनीसमेत भएको स्थानीयले बताएका छन्। नापजाँचपछि लालपुर्जा प्राप्त गर्ने किसानहरूलाई कृषि ऋण, सरकारी अनुदान, बीमा र अन्य सेवा सुविधामा पनि सहज पहुँच हुने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

बेलौरीमा ऐलानी जमिनको नापजाँच सुरु, लालपुर्जाको आशामा ५५३१ किसान

बेलौरीमा ऐलानी जमिनको नापजाँच सुरु, लालपुर्जाको आशामा ५५३१ किसान

कञ्चनपुर जिल्ला क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जनक सिंह धामीको अपिल

रोजगारी सिर्जनामा जोड: नेशनल लघुवित्तले सञ्चालन गर्‍यो दुना–टपरी तालीम

रोजगारी सिर्जनामा जोड: नेशनल लघुवित्तले सञ्चालन गर्‍यो दुना–टपरी तालीम

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा समूह अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कञ्चनपुर: बेलौरी नगर भलमन्सा समितिको बखेरी कार्यक्रम सम्पन्न,अध्यक्षमा पुनः अमर चौधरी ,

बेलौरीमा शिक्षा अधिकारबारे सशक्त सन्देश: “सबै बालबालिकाका लागि विद्यालय अनिवार्य”

छुटाउनुभयो कि ?

laljhadi

laljhadi

Laljhadi

Laljhadi

MPDS डडेलधुराको आयोजनामा पुनर्वासका विभिन्न वडामा महिला तथा लक्षित समुदायको लागि घुम्ती कानुनी सेवा र समुदाय संवाद कार्यक्रम सम्पन्न

Laljhadi

Laljhadi

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.