नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा समूह अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दिप न्यूज

समाचार प्रकाशित मिति :

नवराज अवस्थी, फागुन २८,कञ्चनपुर ।।।नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बेलौरी, कञ्चनपुरद्वारा विभिन्न समूहका अध्यक्षहरूका लागि समूह अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ। शाखा प्रमुख बमकृष्ण वलीको स्वागत मन्तव्यबाट सुरु भएको थियो।

उक्त कार्यक्रमको अध्यक्षता  समुह न.१७ को समुह अध्यक्ष भागीरथ ऐर ले गर्नुभएको थियो भने प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा अनुगमन कार्यालय अत्तरियाका अनुगमन अधिकृत अमरेश कुमार कुसवाहा रहनुभएको थियो। अन्य अतिथिहरूमा पशु शाखा प्रतिनिधि पुष्पराज पाण्डे, कृषि शाखा प्रतिनिधि हरिस सेटी, उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह बिष्ट, इलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधिहरू वीरसिंह धामी र गोविन्द बहादुर कुँवर, बेलौरी नगरपालिकाका नगरप्रमुखका सचिव तथा स्थानीय बुद्धिजीवीहरू रहनुभएको थियो। कार्यक्रममा समूहका अध्यक्षसहित ६६ जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा उत्कृष्ट समूह तथा सदस्यहरूलाई सम्मान गरियो। उत्कृष्ट समूहको रूपमा भुमिका चैवनी महिला समूह (समूह नं. ९५) प्रथम, कमरी महिला समूह (समूह नं. ४१) दोस्रो, तथा पुरैन महिला समूह (समूह नं. ८५) तेस्रो स्थान हासिल गर्न सफल भए। साथै, उत्कृष्ट बचत सदस्यका रूपमा सीता डगौरा, सफल उद्यमीका रूपमा महारानी रानी (समूह नं. ९८) तथा कुमारी निर्मला भण्डारी (समूह नं. १७) लाई पुरस्कृत गरियो।

कार्यक्रममा वित्तीय साक्षरता अन्तर्गत कर्जा, बचत, बीमा, कर्जा सदुपयोगिता, संस्थाका नीति-नियमहरू तथा बचतको महत्त्व जस्ता विषयमा व्यापक छलफल गरिएको थियो। अनुगमन अधिकृतले संस्थाको कार्यक्षेत्र, परिचय तथा प्रगति विवरणबारे जानकारी गराउनु भयो भने शाखा प्रमुखले शाखाको कार्यक्षेत्र, प्रगति विवरण र भावी रणनीति प्रस्तुत गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख पोतिलाल चौधरीले नेशनल लघुवित्तले गरिब तथा विपन्न वर्गको आर्थिक सशक्तीकरणका लागि प्रभावकारी कार्य गरिरहेको बताउँदै सदस्यहरूले लिएको कर्जाको पूर्ण सदुपयोग गरी कृषि तथा उद्यम विकासमा लाग्नुपर्ने सुझाव दिनुभयो। साथै, लघुवित्त संस्था, नगरपालिका र सहकारीहरूले सहकार्य गर्दै अघि बढ्नु आवश्यक रहेको उहाँले जोड दिनुभयो।

समुदायमा वित्तीय चेतना अभिवृद्धि गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न नेशनल लघुवित्तको यो पहल महत्वपूर्ण रहेको सहभागीहरूले व्यक्त गरेका छन्।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

महँगी दर १४ महिनायताकै उच्च

महँगी दर १४ महिनायताकै उच्च

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

बेलौरीमा कक्षा ८ को परीक्षाफल सार्वजनिक: निजी विद्यालयको प्रभावशाली सफलता, सामुदायिक विद्यालयहरू अझै पछि

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

रोजगारी सिर्जनामा जोड: नेशनल लघुवित्तले सञ्चालन गर्‍यो दुना–टपरी तालीम

रोजगारी सिर्जनामा जोड: नेशनल लघुवित्तले सञ्चालन गर्‍यो दुना–टपरी तालीम

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.