रोजगारी सिर्जनामा जोड: नेशनल लघुवित्तले सञ्चालन गर्‍यो दुना–टपरी तालीम

दिप न्यूज

समाचार प्रकाशित मिति :

बेलौरी, कञ्चनपुर ।नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बेलौरी कञ्चनपुरको आयोजनामा दुना–टपरी तालीम सञ्चालन गरिएको छ। शनिबार  बेलौरी नगरपालिका–९, रामघाटमा रहेको सिर्जनाशील महिला दुना–टपरी उद्योगको कार्यालयमा तालिम सम्पन्न भएको हो।

शाखा प्रमुख बमकृष्ण वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बेलौरी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा अन्तरानी थारुले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लोक ठगुन्नाले गर्नुभएको थियो।

तालिम कार्यक्रममा जम्मा ४१ जनाको सहभागिता रहेको थियो। दुना–टपरी निर्माणसम्बन्धी तालिम सिर्जनाशील महिला दुना–टपरी उद्योगकी अध्यक्ष सुनिता देवी चौधरी, सचिव रामकली चौधरी तथा उद्योगका अन्य सदस्यहरूले प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश श्रेष्ठले नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले समाजमा सकारात्मक र उदाहरणीय काम गर्दै आएको बताउनुभयो। उहाँले यस्तो सीपमूलक तालिमले बेरोजगारी न्यूनीकरण गर्दै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने र वडा तथा नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा यस्ता कार्यक्रमहरू नगरपालिकाभर विस्तार गर्दै लैजाने कुरामा जोड दिनुभयो।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरूलाई विभिन्न प्रकारका सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रमहरू प्रदान गर्दै आएको छ। संस्थाले सदस्यहरूलाई व्यवसायमुखी तथा लघुउद्यमी बनाउने उद्देश्यका साथ अन्य लघुवित्त संस्थाभन्दा फरक र प्रभावकारी ढंगले काम गर्दै आएको जनाएको छ।

प्लास्टिक प्रयोगको सट्टा वातावरणमैत्री दुना–टपरीको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसमेत संस्थाले लिएको छ, जसले वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउने विश्वास लिइएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

belauri nagarpalika

belauri nagarpalika

रास्वपाको स्वागत गेट हटाएर पठाइयो ट्यांक बोकेका ५ भारतीय ट्रक

बेलौरीमा शिक्षा अधिकारबारे सशक्त सन्देश: “सबै बालबालिकाका लागि विद्यालय अनिवार्य”

पुनर्वास महोत्सव २०८२: १० दिनमा १ लाख ५० हजार दर्शकको अपेक्षा

पुनर्वास महोत्सव २०८२: १० दिनमा १ लाख ५० हजार दर्शकको अपेक्षा

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.