सांगीतिक क्षेत्रका प्रेमजोडी

दिप न्यूज

समाचार प्रकाशित मिति :

काठमाडौँ — आज प्रेम दिवस । प्रेमिल जोडीहरूले उत्सवको रुपमा पनि यो दिवस मनाउने गर्छन् । हामीले यसपटक सांगीतिक क्षेत्रका केही ‘रियल जोडी’हरूबारे यहाँ चर्चा गरेका छौँ ।

पछिल्लो समय सांगीत क्षेत्रका एक जोडीबारे उनीहरूका शुभचिन्तकमाझ चर्चा भइरहन्छ । ती जोडी हुन्– अस्तिमा अधिकारी र महेश काफ्ले । महेश र अस्मिता अहिलको समयका संगीतका लोकप्रिय पात्र हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले गत असारमा इन्गेजमेन्ट गरेका थिए । अब छिट्टै उनीहरू वैवाहिक जीवनमा बाँधिदैछन् ।

सांगीतिक क्षेत्रकै पुरानो जोडीमध्येका एक हुन् गायिका कुन्ति मोक्तान र संगीतकार शिलाबहादुर मोक्तान । उनीहरूको प्रेम चार दशकभन्दा अघि दार्जिलिङमा टुसाएको थियो । उनीहरूले त्यतिबेला भागेर विवाह गरेका थिए । भागेर काठमाडौँ आएका कुन्ति र शिलाबहादुरले संगीतमा यहीँ संघर्ष गरे । अहिले उनीहरूको दुई छोरी शीतल र सुबानी पनि गायन क्षेत्रमै सक्रिय छन् ।

उदय सोताङ र मनिला सोताङले गाएको एउटा चर्चित गीत |

आफूहरूले गाएको गीतजस्तै छ उदय र मनिलाको जोडी । ३५ वर्षभन्दा बढी भयो उनीहरूले जीवनको सहयात्रा थालेको । यो जोडी सांगीत कर्ममा पनि सँगसँगै छ । उनीहरूको छोरी श्रेया पनि सांगीतिक क्षेत्रमा सक्रिय छिन् ।

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको जोडी पनि संगीत क्षेत्रमा अनुकरणीयछ । करिब ४ वर्षअघि विवाह गरेका उनीहरूको एउटी छोरी छिन् । उनीहरूको सांगीतिक यात्रा पनि करिब डेढ दशकअघि सँगसँगै भएको थियो । अर्जुनले संगीत भरेको, दुर्गाले गाएको फिल्म ‘दिलमाया’को ‘छुट्छ कि साथ’ एक समय निकै चर्चित थियो ।

त्यसैगरी उदित नारायण झा र दीपा झाको जोडी पनि सांगीतिक क्षेत्रम चर्चित छ । उनीहरूले १९८४मा विवाह गरेका थिए । उनीहरूको युगल आवाजमा थुप्रै नेपाली गीत सुन्न सकिन्छ । अहिले उनीहरू बम्मईमा बस्छन् । भारतीय संगीतिक क्षेत्रमा संघर्ष गरेर उदित भारतमै स्थापित भए ।

सुन्दरमणि अधिकारी र विष्णु माझीको जोडी पनि सांगीतिक क्षेत्रमा सक्रिय छ ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

विद्यार्थीको स्वास्थ्य जोखिममा? बेलौरीमा बिदा बेवास्ता गर्दै विद्यालय सञ्चालन

विद्यार्थीको स्वास्थ्य जोखिममा? बेलौरीमा बिदा बेवास्ता गर्दै विद्यालय सञ्चालन

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

पुनर्वास महोत्सव २०८२: १० दिनमा १ लाख ५० हजार दर्शकको अपेक्षा

पुनर्वास महोत्सव २०८२: १० दिनमा १ लाख ५० हजार दर्शकको अपेक्षा

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

MPDS डडेलधुराको आयोजनामा पुनर्वासका विभिन्न वडामा महिला तथा लक्षित समुदायको लागि घुम्ती कानुनी सेवा र समुदाय संवाद कार्यक्रम सम्पन्न

“जननमुना माविको २४औँ वार्षिक उत्सव:शिक्षामा समुदायको सफल उदाहरण”

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

माघीको रंगले बेलौरी झकिझकाउ, सांस्कृतिक उत्सवसँगै विकास र नेतृत्वका आवाज

माघीको रंगले बेलौरी झकिझकाउ, सांस्कृतिक उत्सवसँगै विकास र नेतृत्वका आवाज

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.