सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न

दिप न्यूज

समाचार प्रकाशित मिति :

नवराज अवस्थी , माघ २७, बेलौरी कञ्चनपुर– शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक समीक्षा बैठक तथा सुरक्षित आवास गृह अनुगमन कार्यक्रम सम्पन्न भएको छ। बैठकमा सुरक्षित आवास गृहको हालसम्मको प्रभावकारिता, चुनौती र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।

शान्ति पुनर्स्थापना गृह २०५० साल माघ ४ गते स्थापना भई नेपालका विभिन्न जिल्लामा शाखा तथा सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको संस्था हो। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र धनुषा जिल्लामा यसको शाखा कार्यालय छन् भने भारतको दिल्लीमा समेत यसको सेवा विस्तार भइसकेको छ। संस्था सीमावर्ती क्षेत्रमा जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, पुनःस्थापना तथा पुनर्मिलनका कार्यहरू गर्दै आइरहेको छ।

चार वर्षदेखि सञ्चालनमा रहेको सम्पर्क कार्यालय बेलौरीले पछिल्ला दुई वर्षयता बेलौरी नगरपालिका, बेलडाँडी, लालझाडी र पुनर्वास पालिकासँग सहकार्य गर्दै सुरक्षित आवास गृह सञ्चालन गरिरहेको छ। समीक्षा बैठकमा सम्पर्क कार्यालय बेलौरीकी परामर्शदाता नितु बिष्ट र क्षेत्रीय संयोजक सञ्चित सिंहले सुरक्षित आवास गृह सञ्चालनको उद्देश्य, हालसम्मको प्रगति तथा वित्तीय व्यवस्थापनबारे विस्तृत जानकारी दिएका थिए।

संस्थाले हालसम्म ११० जनालाई सूचना तथा परामर्श सेवा प्रदान गरेको छ भने भारतबाट १ जना महिलाको उद्धार गरेको छ। संकटमा परेका ५ जना महिला तथा बालबालिकालाई सुरक्षित आश्रय दिइएको छ भने १ जना बालबालिकाको पुनःस्थापना गरिएको छ। साथै, संस्था सीमा निगरानी, जनचेतनामूलक कार्यक्रम, पारिवारिक पुनर्मिलन तथा आयमूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ।

बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरीले सुरक्षित आवास गृहले जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षण गर्दै आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले भने, “सीमावर्ती क्षेत्रमा मानव बेचबिखन तथा हिंसाका घटनाहरू रोक्न स्थानीय सरकार, सुरक्षा निकाय र सामाजिक संस्थाहरूबीच अझ प्रभावकारी सहकार्य आवश्यक छ।”

लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले संस्थाको कामप्रति सकारात्मक प्रतिक्रिया दिँदै सीमा क्षेत्रमा थप सक्रियता आवश्यक रहेको बताइन्। उनले भनिन्, “जोखिममा परेका बालबालिका र महिलाहरूको संरक्षण तथा पुनःस्थापनाका लागि यस्ता कार्यक्रम प्रभावकारी छन्। स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्न हामी तयार छौं।”

कार्यक्रममा बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरी लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, बेलौरी नगरपालिका न्यायिक समितिका सदस्यहरू, बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख, बेलौरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि, सशस्त्र प्रहरी बल बेलौरी गुल्मका अधिकारीहरू, महिला तथा बालबालिका शाखाका प्रमुख तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। भने शान्ति पुनर्स्थापना गृहकी कर्मचारी मनिषा न्यौपानेले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

भलमन्सा ऐनको उल्लास: बेलौरी माघ मेला २०८१ सम्पन्न

भलमन्सा ऐनको उल्लास: बेलौरी माघ मेला २०८१ सम्पन्न

नेशनल लघुवित्तद्वारा कृषि सामग्रीमा विशेष छुट सम्झौता

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.