रास्वपा महाधिवेशनस्थल उदघाटन स्थलमा जम्यो पानी, मोटर लगाएर फाल्दै कार्यकर्ता

दिप न्यूज

समाचार प्रकाशित मिति :

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चैत ७, ८ र ९ गते चितवनमा आयोजना गरिएको छ ।
  • उद्घाटनस्थल चितवनको गेस्टहाउस चौरमा पानी जमेपछि स्वयंसेवकहरूले मोटर प्रयोग गरी पानी फ्याँकिरहेका छन् ।
  • महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले घण्टी बजाएर गर्ने कार्यतालिका छ ।

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उदघाटनस्थल पानी जमेको छ ।

महाविधेशन उदघाटन समारोहस्थल गेष्टहाउस चौरमा सहभागीहरु बस्नका लागि तयार गरिएको छानोसहितको ‘जर्मन ह्याङ्गर’ को तल भुइँमा जमेको हो । अहिले स्वयंसेवकहरुले मोटर लगाएर पानी फ्याँकीरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्टहाउस चौर होचो भाग भएकाले पानी पर्नासाथ जम्ने गर्दछ ।

महाधिवेशन उदघाटन स्थलमा सहभागीहरु बस्न बनाइएका तीन वटा सेक्सनमध्ये २० मिटर चौडा र ७५ मिटर लम्बाइको मुख्य खण्डको ह्यांगर तल पानी जमेको छ । मुख्य सेक्सनभन्दा माथिको ह्यांगरमा भने खासै पानी जमेको छैन । तल्लो सेक्सनमा छिपछिपे पानी छ ।

‘मुख्य सेक्सनमा गोलीगाँठोसम्म डुब्ने पानी जम्मा भएको छ । सो पानीलाई हटाउने काम भैरहेको छ,’ रास्वपाका एक नेताले भने ।

घामपानी छेक्न बनाइएका ह्याङ्गरमा ५ हजारसम्म कुर्सी राख्न मिल्ने आयोजकको भनाइ छ ।

दिउँसो २ बजे मात्रै रास्वपाको पहिलो महाधिवेशनको उदघाटन सत्र हुने भएकाले त्यतिजेलसम्म पानी सुक्ने विश्वास गरिएको छ ।

महाविधेशनको रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साहले घण्टी बजाएर महाधिवेशन उदघाटन गर्दै छन् ।

चैत ७, ८ र ९ गते हुने रास्वपाको पहिलो महाधिवेशनको उदघाटन सत्र गेस्ट हाउस चौरमा हुने भए पनि बन्दसत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

बेलौरीमा ऐलानी जमिनको नापजाँच सुरु, लालपुर्जाको आशामा ५५३१ किसान

बेलौरीमा ऐलानी जमिनको नापजाँच सुरु, लालपुर्जाको आशामा ५५३१ किसान

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

रास्वपा महाधिवेशनस्थल उदघाटन स्थलमा जम्यो पानी, मोटर लगाएर फाल्दै कार्यकर्ता

ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

Laljhadi

Laljhadi

“जननमुना माविको २४औँ वार्षिक उत्सव:शिक्षामा समुदायको सफल उदाहरण”

रानाथारु संस्कृति संरक्षण र आत्मनिर्भरता दुवैको जोड : बेलौरीमा घंघरिया–अंगिया बनाउने तालिम सम्पन्न

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.