रानाथारु संस्कृति संरक्षण र आत्मनिर्भरता दुवैको जोड : बेलौरीमा घंघरिया–अंगिया बनाउने तालिम सम्पन्न

दिप न्यूज

समाचार प्रकाशित मिति :

नवराज अवस्थी, बैशाख २३, बेलौरी कञ्चनपुर — “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नारासहित बेलौरी नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत आरक्ष पीडित बस्तीका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको घंघरिया–अंगिया सिलाइ तालिम मंगलबार सम्पन्न भएको छ।

बेलौरी नगरपालिका–३ मा आयोजित उक्त तालिम ४५ दिनसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा कुल १० जना महिला सहभागी थिए, जो सबैजना आरक्ष पीडित बस्तीबाट आउनु भएको हो। उनीहरूलाई थारु समुदायको मौलिक पहिरन घंघरिया र अंगिया बनाउने सीप प्रदान गरिएको थियो।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगरप्रमुख पोतिलाल चौधरीले सहभागीसँग अन्तक्र्रिया गर्दै यस्ता कार्यक्रमहरू महिलाहरूको सशक्तिकरण र संस्कृतिको संरक्षण दुवैमा सहायक हुने बताए। उनले सीप विकासका यस्ता प्रयासहरूलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने उल्लेख गरे।

सहभागी महिलाहरूले तालिमले आफूहरूमा आत्मविश्वास बढाएको र स्वरोजगारको मार्ग प्रशस्त भएको प्रतिक्रिया दिएका थिए। तालिम सम्पन्न भएसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रम बेलौरी नगरपालिका कार्यालयको आयोजनामा सम्पन्न भएको हो।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

बेलौरीमा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन सम्पन्न, पुनः लाल बहादुर चौधरीको नेतृत्वमा नयाँ समिति चयन

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बाजुरामा बस दुर्घटना, २४ जना घाइते

नेशनल लघुवित्तद्वारा पतञ्जली योगा समितिलाई कार्पेट हस्तान्तरण

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

रानाथारु संस्कृति संरक्षण र आत्मनिर्भरता दुवैको जोड : बेलौरीमा घंघरिया–अंगिया बनाउने तालिम सम्पन्न

बेलौरी नगरपालिकाद्वारा २०८१ को आधारभूत तहको समय सारिणी तथा परीक्षा केन्द्र प्रकाशन

विद्यार्थीको स्वास्थ्य जोखिममा? बेलौरीमा बिदा बेवास्ता गर्दै विद्यालय सञ्चालन

विद्यार्थीको स्वास्थ्य जोखिममा? बेलौरीमा बिदा बेवास्ता गर्दै विद्यालय सञ्चालन

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.