ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

दिप न्यूज

समाचार प्रकाशित मिति :

३ फागुन, काठमाडौं । अमेरिकाले भारतलाई एफ-३५ नामको लडाकु विमान दिने समाचार अहिले चर्चामा छ । यो पाँचौं पुस्ता (फिफ्थ जेनेरेसन) को अत्याधुनिक लडाकु विमान हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा अमेरिका भारतलाई उक्त बहुउद्देश्यीय लडाकु विमान एफ-३५ उपलब्ध गराउन तयार भएको छ ।

यो विमानको निर्माण सन् २००६ देखि लकहिड मार्टिनले सुरु  गरेका थिए । सन् २०१५ देखि यो लडाकु विमान अमेरिकी सेनाको महत्वपूर्ण अस्त्र बनेको छ ।

एफ-३५ लाइटनिङ सेकेन्ड नामको लडाकु विमान आफ्ना केही विशेषताका कारण अत्यधिक शक्तिशाली लडाकु विमानको रूपमा परिचित छ । यो उन्नत स्टिल्थ (रडारमा नदेखिने) प्रविधि भएको पाँचौं पुस्ताको अत्याधिक प्रयोगमा आएको लडाकु विमान हो।

१.  महंगो लडाकु विमान

समाचार संस्थाहरूका अनुसार अमेरिकी रक्षा विभाग, पेन्टागनको इतिहासमा सबैभन्दा महँगो विमान यही एफ-३५ हो। अमेरिका एउटा एफ-३५ लडाकु विमान निर्माणमा करिब ८२.५ मिलियन डलर खर्च गर्छ ।

उक्त विमान हवाई युद्ध, जमिनमा आक्रमण र गुप्तचर मिसनहरूका लागि माहिर मानिन्छ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प भारतलाई उक्त लडाकु विमान दिन तयार भएका हुन् ।

२. युद्धमा निर्णायक

अमेरिका, नेटो र अन्य सहयोगी राष्ट्रहरूको लागि युद्धमा गेम चेन्जर साबित भएको एफ-३५ ले अब भारतीय वायु सेनाको शक्ति बढाउने काम गर्नेछ।

३. लगभग अदृश्यशत्रुलाई छक्याउने

यो विमान साना र मध्यम दूरीका मिसाइलहरू बोक्न सक्छ र यसको सबैभन्दा ठूलो विशेषता भनेको शत्रुको रडारले यसलाई पत्ता लगाउन नसक्नु हो। लगभग अदृश्य रहने भएकाले यो शत्रुको सुरक्षित क्षेत्रमा सजिलै प्रवेश गर्न सक्छ।

४.  सजिलै टेकअफ

यो विमान साधारण लडाकु विमान जस्तै सामान्य टेकअफ र अवतरण गर्न सक्छ । यही समूहमा पर्ने विमान छोटो दूरीमा टेकअफ र ठाडो अवतरण गर्न पनि सक्षम हुन्छ । यसले एयरक्राफ्ट क्यारियरबाट पनि टेकअफ गर्न सक्छ ।

५.  सुपरसोनिक गति

एफ-३५ विमान साधारणभन्दा धेरै छिटो अर्थात् सुपरसोनिक गतिमा उड्न सक्छ। यो मल्टी-रोल लडाकु विमानले आकाशमै रहेका र जमिनमा रहेका शत्रुलाई आक्रमण गर्न सक्छ। तीव्र गतिका कारण यसले शत्रुलाई पराजित गरेर केही सेकेन्डमै सुरक्षित रुपमा फर्कन सक्छ।

६. अत्याधुनिक सेन्सर

यसमा उच्च प्रविधियुक्त सेन्सरहरू जडान गरिएका छन्, जसले पाइलटसँग तीव्र गतिमा डाटा आदानप्रदान गर्छ। फ्युजन रडार, इलेक्ट्रो-अप्टिकल र इन्फ्रारेड सेन्सरहरू जडान गरिएको यो विमानले तीव्र गतिमा डाटा सङ्कलन गरी पाइलटलाई खतराबाट सतर्क गराउँछ। एफ-३५ को अधिकतम गति म्याक १.६ बताइएको छ ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

laljhadi

laljhadi

पुनर्वास महोत्सव २०८२: १० दिनमा १ लाख ५० हजार दर्शकको अपेक्षा

पुनर्वास महोत्सव २०८२: १० दिनमा १ लाख ५० हजार दर्शकको अपेक्षा

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

बेलडाँडीमा व्यवसायिक बंगूरपालन तालिम सम्पन्न

बेलडाँडीमा व्यवसायिक बंगूरपालन तालिम सम्पन्न

बेलौरी नगरपालिकाद्वारा २०८१ को आधारभूत तहको समय सारिणी तथा परीक्षा केन्द्र प्रकाशन

बाजुरामा बस दुर्घटना, २४ जना घाइते

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक  समीक्षा बैठक सम्पन्न

सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न

punarbas municipality

punarbas municipality

छुटाउनुभयो कि ?

belauri nagarpalika

belauri nagarpalika

“जननमुना माविको २४औँ वार्षिक उत्सव:शिक्षामा समुदायको सफल उदाहरण”

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.