माघीको रंगले बेलौरी झकिझकाउ, सांस्कृतिक उत्सवसँगै विकास र नेतृत्वका आवाज

दिप न्यूज

समाचार प्रकाशित मिति :

नवराज अवस्थी | बेलौरी, कञ्चनपुर , माघी पर्वको उत्साहसँगै बेलौरीमा चारदिने माघ मेला शनिबारदेखि सुरु भएको छ। थारु समुदायको मौलिक कला, संस्कृति र पहिचान संरक्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलाको उद्घाटन नेपाल सरकारकी पूर्व खानेपानी मन्त्री बिना मगरले गर्नुभएको हो।“राष्ट्रिय एकता र विविधता हाम्रो शान, थारु भाषा र संस्कृति संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ सुरु भएको मेलामा उद्घाटनकै दिन स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो।

उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री मगरले माघी पर्वलाई केवल चाडपर्वका रूपमा नभई सामाजिक न्याय, पहिचान र लोकतान्त्रिक अभ्याससँग जोडिएको पर्वका रूपमा व्याख्या गर्नुभयो। थारु समुदायमा भलमन्सा चयन गर्ने परम्परा सेवा, इमानदारी र जनविश्वासमा आधारित रहेको उल्लेख गर्दै उहाँले यसलाई लोकतन्त्रको व्यवहारिक अभ्यासको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।

माघीले विगतका अनुभवबाट सिक्दै नयाँ वर्षसँगै नयाँ जिम्मेवारी र संकल्प लिन प्रेरणा दिने उहाँको भनाइ थियो। थारु र मगर समुदायले पुस्तौँदेखि यस्ता मूल्यहरू जोगाउँदै आएको उल्लेख गर्दै उहाँले समावेशी नेतृत्व आजको आवश्यकता भएको बताउनुभयो।

थारु समुदाय ऐतिहासिक रूपमा भूमि, भाषा र अवसरका सवालमा पछि पारिँदै आएको उल्लेख गर्दै पूर्वमन्त्री मगरले राज्यले समानता व्यवहारमै देखिनुपर्नेमा जोड दिनुभयो। प्रतिनिधित्वका सवालमा आफ्नो पार्टीले निराशा चौधरीजस्ता व्यक्तित्वलाई प्राथमिकतामा राखेको उदाहरण पनि उहाँले प्रस्तुत गर्नुभयो।

आफू कञ्चनपुरकै छोरी भएको स्मरण गराउँदै उहाँले यस क्षेत्रसँग भावनात्मक सम्बन्ध रहेको बताउनुभयो। जनताको विश्वास प्राप्त भए कञ्चनपुरको समग्र विकासको नेतृत्व लिन आफू तयार रहेको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले बेलौरीस्थित श्रीपुर अस्पताललाई १५ शय्याबाट ५० शय्यामा विस्तार गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। स्वास्थ्य सेवा सुधारलाई विकासको आधार मानेर काम भइरहेको उहाँले बताउनुभयो।

यसैबीच बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले थारु समुदायको परम्परागत नेतृत्व प्रणालीलाई संस्थागत गर्न स्थानीय सरकारले भलमन्सा ऐन जारी गरेको जानकारी दिनुभयो। थारु समुदायको हकहित र पहिचानका लागि आफू निरन्तर क्रियाशील रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा नगर उपप्रमुख जोगराम चौधरी, बुद्धिजीवी प्रेम सिंह बोहरा, विभिन्न वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

पौष २९ गतेसम्म सञ्चालन हुने माघ मेलामा परम्परागत खानपान, हस्तकला, सांस्कृतिक प्रदर्शनी तथा स्थानीय र राष्ट्रिय कलाकारद्वारा विविध सांस्कृतिक प्रस्तुति भइरहेको छ।

कार्यक्रमका सभापति तथा बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरीले माघ मेलालाई सभ्य र भव्य बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै माघी पर्वको शुभकामना दिनुभयो।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

Laljhadi

Laljhadi

श्री सिद्धेश्वरी माविमा भर्ना अभियान कार्यक्रम सम्पन्न

Laljhadi

Laljhadi

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

कञ्चनपुर: बेलौरी नगर भलमन्सा समितिको बखेरी कार्यक्रम सम्पन्न,अध्यक्षमा पुनः अमर चौधरी ,

बेलौरीमा कक्षा ८ को परीक्षाफल सार्वजनिक: निजी विद्यालयको प्रभावशाली सफलता, सामुदायिक विद्यालयहरू अझै पछि

नेशनल लघुवित्तद्वारा कृषि सामग्रीमा विशेष छुट सम्झौता

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.