नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

दिप न्यूज

समाचार प्रकाशित मिति :

माघ १३, बेलौरी। कञ्चनपुर जिल्लाको बेलौरीमा रहेकोे नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरी  आयोजनामा  “दिलिप एग्रोभेट सेन्टर बेलौरी” र “नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरी” बिच कृषि सहायता कार्यक्रम सम्पन्न भएको छ।

आइतबार महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी रहनुभएको थियो। अतिथिहरूमा नगर प्रवक्ता हर्कबहादुर भुल, विपद् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डे, व्यवसायी जलबहादुर चौधरी, पूर्व बेलौरी उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मीनारायण चौधरी, स्थानीय बुद्धिजीवी, शिक्षक, व्यापारी तथा नेशनल लघुवित्तका सदस्यहरू गरी जम्मा ७१ जना सहभागी थिए।

कार्यक्रम शाखा प्रमुख बमकृष्ण वलीको सभापतित्वमा सञ्चालन गरिएको थियो। प्रमुख अतिथि नगरप्रमुख चौधरीले किसानहरूको हितका लागि कार्यक्रमलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नगरपालिकाले सदैव किसानहरूको पक्षमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थासँग सहकार्य गरी परिचयपत्र वितरण र कृषि सहायता कार्यक्रमलाई व्यापक बनाउनुपर्नेमा विशेष ध्यान दिने बताउनुभयो।

शाखा प्रमुख वलीले संस्थाले आगामी दिनमा यस्ता सामाजिक कार्यक्रमलाई थप प्रभावकारी बनाउने तथा सदस्यहरूलाई लघुउद्यमीका रूपमा स्थापित गर्न वित्तीय साक्षरता कार्यक्रमलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयो।

कार्यक्रममा जलबहादुर चौधरीले सदस्यहरूलाई सम्झौताअनुसारको छुट प्रदान गर्दै कृषि क्षेत्रमा सहयोग विस्तार गर्ने धारणा राख्नुभयो।

कार्यक्रम हिराकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भई लोक ठगुन्नाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमले किसानहरूमाझ विशेष महत्व राख्ने र संस्थाको आगामी कार्यक्रमहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

रोजगारी सिर्जनामा जोड: नेशनल लघुवित्तले सञ्चालन गर्‍यो दुना–टपरी तालीम

रोजगारी सिर्जनामा जोड: नेशनल लघुवित्तले सञ्चालन गर्‍यो दुना–टपरी तालीम

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

belauri nagarpalika

belauri nagarpalika

Laljhadi

Laljhadi

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

MPDS डडेलधुराको आयोजनामा पुनर्वासका विभिन्न वडामा महिला तथा लक्षित समुदायको लागि घुम्ती कानुनी सेवा र समुदाय संवाद कार्यक्रम सम्पन्न

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.