रास्वपाको स्वागत गेट हटाएर पठाइयो ट्यांक बोकेका ५ भारतीय ट्रक

दिप न्यूज

समाचार प्रकाशित मिति :

  • चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका लागि बनाइएका स्वागत गेटमा अड्किएका ५ वटा भारतीय ट्रक गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ ।
  • पूर्वी चितवनको निपनीमा रातभर रोकिएका ती ट्रकहरू कुरिनटारस्थित बाह्रसिङ्गे वियरको सामग्री बोकेर आएका थिए ।

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा लागि तयार गरिएका गेटका कारण अड्किएका ५ वटा भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ ।

शनिबार दिउँसो २ बजेतिर पूर्वी चितवनको टिकौली जंगल आइपुगेका ट्रक स्वागत गेट कट्न नसकेर रातभर निपनी भन्ने स्थानमा रोकिएका थिए ।

आज बिहान ट्रकलाई पार गराएपछि पुन: यथास्थानमा ती गेटहरु राखिएको छ । सुरुमा ट्रकहरुलाई ३ दिनसम्म निपनीमा नै बस्न भनिएको थियो तर पछि स्वंयसेवक र प्रहरी मिलेर गेट हटाएर ट्रकहरु पास गराइएको हो ।

ट्रक चालकले कुरिनटारमा रहेको बाह्रसिङ्गे वियरको सामग्री बोकेर आएको बताएका छन् । रास्वपाका प्रतिनिधि तथा सहभागीहरुका लागि भरतपुरका विभिन्न क्षेत्रमा स्वागतका लागि गेटहरु निर्माण गरिएका छन् । तर, यिनै स्वागत गेटको उचाइ भन्दा अग्ला ट्रकहरु आउँदा समस्या भएको थियो ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

Laljhadi

Laljhadi

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

रोजगारी सिर्जनामा जोड: नेशनल लघुवित्तले सञ्चालन गर्‍यो दुना–टपरी तालीम

रोजगारी सिर्जनामा जोड: नेशनल लघुवित्तले सञ्चालन गर्‍यो दुना–टपरी तालीम

बेलौरीमा कक्षा ८ को परीक्षाफल सार्वजनिक: निजी विद्यालयको प्रभावशाली सफलता, सामुदायिक विद्यालयहरू अझै पछि

belauri nagarpalika

belauri nagarpalika

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.