प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

दिप न्यूज

समाचार प्रकाशित मिति :

काठमाडौं । चिनियाँ एआई च्याटबट डिपसिकको उदयले संसारलाई चकित पारेको छ । तर यो एउटा वृहत् प्रवृत्तिको हिस्सा मात्र हो । चिनियाँ एपहरू विश्वभर अरूलाई पछि पार्दै सफलताको चुचुरोमा उक्लिँदै छन् । टिकटक, क्यापकट, शिएन, टिमु केही उदाहरण मात्र हुन् । र, यो केवल हाम्रो फोनमा मात्र सीमित छैन ।

चीन अन्य धेरै क्षेत्रमा पनि हावी हुँदै गएको छ । अटोमोबाइलको कुरा गर्दा, चीन अहिले सबैभन्दा धेरै बिक्री गर्ने देश बनेको छ । यसले मोटर वाहन उद्योगमा अगाडि रहेका देशलाई उछिनिसकेको छ । खासगरी बीवाईडी जस्ता विद्युतीय कार निर्माताका कारण चीनले यो क्षेत्रमा छलाङ मारेको छ ।

त्यस्तै, चीन अहिले विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता र सौर्य प्यानल उत्पादक बनेको छ । त्यसैले पनि चीनले प्रविधिमा आफ्नो विशेष पकड जमाएको छ । सोलार प्यानलका सन्दर्भमा अनुमानित रूपमा चीनले विश्वव्यापी आपूर्ति शृङ्खलाको ८० देखि ९५ प्रतिशत हिस्सा ओगट्छ । सन् २०२८ सम्ममा चीनमा विश्वभरको लगभग ६० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन हुने अनुमान छ ।

ड्रोनको क्षेत्रमा पनि चीनले राज गरिरहेको छ । अर्को पटक तपाईंले आफ्नो टाउको माथि गुनगुनाइरहेको आवाज सुन्नुभयो भने त्यो सेन्जेन सहरमा बनेको डीजेआई ड्रोन हो भनेर अड्कल गर्दा मिल्ने सम्भावना ७० प्रतिशतभन्दा बढी हुन्छ । विश्वका शीर्ष १० ड्रोन निर्मातामध्ये तीन चिनियाँ छन् ।

क्वान्टम कम्प्युटरको संसारमा चिनियाँ वैज्ञानिकले अन्य देशको तुलनामा वार्षिक रूपमा धेरै क्वान्टमसँग सम्बन्धित अनुसन्धान पत्र प्रकाशित गर्छन् । र, तिनीहरू क्वान्टम कम्प्युटिङ विकासका केही क्षेत्रमा अमेरिकाभन्दा पनि अगाडि छन् ।

त्यस्तै एआईमा पनि यही अवस्था छ । चिनियाँ एआई फर्महरूले अन्य कुनै पनि देशभन्दा धेरै पेटेन्ट जारी गरेका छन् । एआई च्याटबट डिपसिकको उदयले यस प्रडक्टले प्रभावशाली अमेरिकी दिग्गज प्रविधि कम्पनीलाई चुनौती दिन सक्षम छ भन्ने छर्लङ्ग पारेको छ ।

त्यसो भए चीनले यो सबै कसरी गर्‍यो ?

यो सबै चीनको एक दीर्घकालीन योजनाको हिस्सा हो । सन् २०१५ मा चिनियाँ सरकारले ‘मेड इन चाइना २०२५’ नामक एक महत्त्वाकाङ्क्षी परियोजना सुरु गरेको थियो । चीन केवल सस्ता सामानहरू उत्पादन गर्ने ‘विश्वको कारखाना’ मात्र रहन चाहँदैनथ्यो । यसको सट्टा उसले अत्याधुनिक प्रविधिमा आधारित आफ्नै आपूर्ति श्रृंखला विकास गर्दै विश्वव्यापी प्रविधि लिडर बन्ने लक्ष्यमा राख्यो ।

“मेरो विचारमा मेड इन चाइना २०२५ धेरै हदसम्म सफल भयो,” बीबीसीसँग कुरा गर्दै किङ्ग्स कलेज लन्डनकी प्राध्यापक डा. यान्दन गोङ भन्छिन्, “त्यसैले धेरै उद्योगमा चीन अग्रणी स्थानमा पुगिरहेको छ । अब एआईमा पनि चीन एक खेलाडी बनेको छ ।”

चीनले १० प्रमुख प्रविधि क्षेत्रमा अगाडि बढ्ने योजना बनाएको थियो । यस योजनामा २५० भन्दा बढी साना लक्ष्य निर्धारण गरिएका थिए । द साउथ चाइना मर्निङ पोस्टको विश्लेषण अनुसार तीमध्ये ८६ प्रतिशत लक्ष्य पूरा भइसकेका छन् । विद्युतीय सवारी साधन र नवीकरणीय ऊर्जा उत्पादन जस्ता केही लक्ष्यहरूले अपेक्षा गरेभन्दा धेरै राम्रो प्रदर्शन गरेका छन् ।

“चीनले राज्य-समर्थित पूँजीवाद (स्टेट ब्याक्ड क्यापिटलिजम) प्रणाली अपनाएर कम्तीमा मध्यम रूपमा सफलता पाएको छ । र केहीले त यसलाई अत्यधिक सफल भएको पनि मान्छन्,” जर्मन मार्शल फन्ड थिङ्क संस्थाकी ल्यान्डसे गोर्मान भन्छिन् ।

उनी अगाडि भन्छिन्, “यस प्रणालीमा सरकारले अनुसन्धान र लगानीको दिशा तोक्छ, विदेशी अनुसन्धानकर्तालाई चीनमै रहन प्रोत्साहित गर्छ वा उनीहरूको नवीनतम सोच चिनियाँ कम्पनीसँग साझा गराउने वातावरण बनाउँछ । साथै विदेशी व्यवसायहरूलाई चिनियाँ कम्पनीहरूसँग ज्वाइन्ट भेन्चर गर्न बाध्य पार्छ । जसले प्रविधि स्थानान्तरणलाई सहज बनाउँछ । यी सबै उपकरणहरू हुन्, जुन चीनले यी महत्त्वाकांक्षा प्राप्त गर्न प्रयोग गरेको छ ।”

अमेरिकी कंग्रेसको अनुसन्धान अनुसार चीन सरकारले अनुसन्धान, विकास वा विदेशी कम्पनीहरू किन्न अनुदानमा १५ खर्ब बढी अमेरिकी डलर उठाउने वा खर्च गर्ने योजना बनाएको थियो । प्रतिवेदन अनुसार सन् २०२० सम्ममा ६ खर्ब २७ अर्ब डलरभन्दा बढी खर्च भइसकेको थियो । विभिन्न प्रविधिहरू केन्द्रित सहरी हबहरूमा अनुसन्धान केन्द्र तीव्र रूपमा स्थापना भए ।

अमेरिका र उसका सहयोगीका अनुसार चीनले उनीहरूको नवीनतम प्रविधि प्रविधि आत्मसात गर्न त्यसलाई ह्याक गरेर बौद्धिक सम्पत्ति चोरी गर्ने गरेको छ । उदाहरणका लागि, अमेरिकी विमान निर्माता कम्पनीहरूको प्रविधि चीनले चोरेको आरोप लगाइएको छ । तर, चीनले यी सबै आरोपहरू सधैं अस्वीकार गर्दै आएको छ ।

‘मेड इन चाइना’ योजना यति सफल भयो कि, केही वर्षमै चीनले यसको नाम प्रयोग गर्न छोड्यो । किनभने यसले अन्य देशहरूलाई असहज बनाएको थियो ।

“वर्षौंदेखि पश्चिमले संवेदनशील प्रविधिहरूको सम्बन्धमा चीनमाथि प्रतिबन्ध र नाकाबन्दी लगाएको छ,” कार्डिफ युनिभर्सिटी बिजनेस स्कुलका प्राध्यापक पेङ जु भन्छन्, “तर यो ठूलो बाह्य खतराले चिनियाँहरूलाई एकजुट बनाएको छ । र उनीहरूलाई अत्याधुनिक प्रविधिमा आत्मनिर्भरताको रणनीति अपनाउन बाध्य पारेको छ । चीनमा एउटा पुरानो भनाइ छ, ‘जीवनले सधैं आफ्नै बाटो खोज्छ’ ।”

ह्वावे यसको एउटा उत्कृष्ट उदाहरण हो । सन् २०१९ को आसपास यो फाइभजी उपकरणमा विश्वको शीर्ष स्थानमा थियो । मोबाइल फोनमा पनि यसको ठूलो बजार हिस्सा थियो । तर अमेरिकाको नेतृत्वमा ह्वावेविरुद्ध व्यापक प्रतिबन्ध लागेपछि सबैमा ठूलो धक्का लाग्यो ।

ह्वावेको बजार हिस्सा घट्यो र यसले नवप्रवर्तन जारी राख्न आवश्यक माइक्रोचिपहरू प्राप्त गर्न सकेन । तर पछि यसले माइक्रोचिप उत्पादनमा ध्यान केन्द्रित गर्‍यो । अहिले ह्वावे माइक्रोचिपको एक प्रमुख खेलाडी बनेको छ । सन् २०२३ मा यस कम्पनीले एउटा यस्तो माइक्रोचिप भएको फोन ल्यायो, जुन बाँकी विश्वले कल्पना गरेभन्दा धेरै अगाडि थियो ।

यस्तै स्थिति नयाँ भाइरल च्याटबट डिपसिकसँग पनि भएको छ । कम्पनीका अनुसार उनीहरूले आफ्नो मोडेलहरूलाई तालिम दिनका लागि सबैभन्दा शक्तिशाली चिप्स प्राप्त गर्न सकेनन्, त्यसैले पुराना चिप्स प्रयोग गरे र नयाँ प्रविधिहरूको विकास गरेर काम गरे । यसरी उनीहरूले थोरै लगानी र थोरै उपकरण प्रयोग गरेर प्रभावशाली च्याटबट बनाएका थिए । यसले अमेरिकालाई नै चकित पार्‍यो ।

“चिनियाँ कम्पनीको डिपसिक एआई हाम्रो उद्योगहरूको लागि एक चेतावनी (वेक अप कल) हो । यसलाई जित्न हामी प्रतिस्पर्धा गर्नमा केन्द्रित हुनुपर्छ,” नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोलल्ड ट्रम्पले भनेका थिए ।

अर्कोतर्फ शर्ट भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटकले पश्चिमा देशहरूलाई नै चकित पारेको छ । यो पछिल्लो १० वर्षमा सफल हुने पहिलो गैर-अमेरिकी सामाजिक नेटवर्क हो । यसको ठूलो सफलता अहिले चर्चामा छ । र, राष्ट्रिय सुरक्षाको कारण अमेरिकाको सम्भावित हस्तक्षेपको खतरामा छ । तर शिएन र टिमु अहिले ईकमर्स क्षेत्रमा नयाँ चुनौतीको रूपमा उभिएका छन् । चीनका सस्तो सामान र नवीनतम एप प्रविधिको संयोजनका कारण यो सम्भव भएको हो ।

तर चीनले २०२५ का आफ्ना सबै लक्ष्यमा सफलता पाएको छैन । यो चिप्सको क्षेत्रमा अन्य देशहरूभन्दा अझै धेरै वर्ष पछाडि छ र थप नाकाबन्दी र नियन्त्रणका कारण यसको प्रगति अझ खराब हुने देखिएको छ । साथै अमेरिकी सरकार र निजी फर्महरू चिप प्रविधिमा अगाडि रहनका लागि अर्बौं डलर लगानी गरिरहेका छन् ।

“अनुसन्धान र विकासका क्षेत्रमा लगानी वृद्धिले अमेरिकालाई भविष्यका उद्योगहरूमा विश्वको नेतृत्व गर्ने सुनिश्चित गर्नेछ,” तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका थिए ।

गत जनवरीमा प्रविधिका दिग्गज अमेरिकी कम्पनी सफ्ट बैंक, ओपनएआई र ओर्‍याकलले संयुक्त रूपमा एआई पूर्वाधारमा पाँच खर्ब डलर लगानी गर्ने प्रतिवद्धता दिएका थिए । यसलाई अमेरिकाले स्वागत गरेको छ । जर्मनी र जापान जस्ता अन्य औद्योगिक देशहरूले पनि नयाँ योजनाहरू सुरु गरेका छन् ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

सामुदायिक हितमा अमर गोकुल बन समितिको अनुकरणीय योगदान

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

नेशनल लघुवित्त शाखा कार्यालय बेलौरीको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

नेसनल लघुवित्तको पहल : गाउँस्तरमै वित्तीय चेतना विस्तार

नेसनल लघुवित्तको पहल : गाउँस्तरमै वित्तीय चेतना विस्तार

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.