ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

दिप न्यूज

समाचार प्रकाशित मिति :

नवराज अवस्थी, १४ माघ २०८१, बेलौरी कञ्चनपुर : ताल तथा सिमसार क्षेत्रको जैविक विविधता संरक्षणका लागि विशेष महत्व राख्ने “चरा संरक्षण कार्यक्रम” सोमबार बेलौरीको अमर स्मृति सामुदायिक वन उपभोक्ता समितीको कार्यालयमा भव्यताका साथ सम्पन्न भएको छ। कञ्चनपुर पन्छी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेलौरी नगरपालिकाका उप-प्रमुख जोगराम चौधरी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि उप-प्रमुख जोगराम चौधरीले ताल तथा सिमसार क्षेत्रको संरक्षण सबैको साझा दायित्व भएको बताएका थिए। उनले भने, “ताल तथा सिमसार क्षेत्रमा पाइने चराहरू हाम्रो पर्यावरणीय सन्तुलनका लागि महत्त्वपूर्ण छन्। यसको संरक्षणले जैविक विविधताको जगेर्ना मात्र होइन, पर्यटक आकर्षणमार्फत स्थानीय आर्थिक विकासमा पनि योगदान पुर्याउँछ। नगरपालिकाले यस्तो महत्त्वपूर्ण कार्यमा सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।”

विशिष्ट अतिथि कुण्डा सब-डिभिजन वन कार्यालयका वन अधिकृत दिनेश कुमार यादवले सिमसार क्षेत्रमा चराको संरक्षणका लागि समुदायको सक्रिय सहभागिता र सचेतना अत्यावश्यक भएको बताए। उनले भने, “चराको संरक्षणले सिमसार क्षेत्रको जैविक प्रणालीलाई सुदृढ बनाउनेछ। सिमसार क्षेत्र केवल चराहरूको बासस्थान नभई, स्थानीय जीवनशैली र प्राकृतिक सम्पदाको महत्त्वपूर्ण अंश हो। यस क्षेत्रलाई सुरक्षित राख्न सामुदायिक वन, स्थानीय निकाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक छ।”

कार्यक्रममा बेलौरी नगरपालिकाका वडाध्यक्षहरू, वडा सदस्यहरू, सामुदायिक वनका प्रतिनिधिहरू, भल्मन्सा, पत्रकार, र सुरक्षा निकायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल पन्छी संरक्षण संघ (BCN) र कञ्चनपुर पन्छी संरक्षण समूहको संयुक्त आयोजनामा गरिएको यस कार्यक्रममा ताल र सिमसार क्षेत्रमा पाइने चरा प्रजातिहरूको संरक्षण, उनीहरूको जैविक महत्व, र संरक्षणका प्रभावकारी उपायहरूबारे विशेष छलफल गरिएको थियो।

कार्यक्रम सफल बनाउन योगदान पुर्याउनेहरूलाई विशेष धन्यवाद दिइएको थियो। कञ्चनपुर पन्छी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरी, दिलमाया चौधरी, सञ्जीव चौधरी, मनिषा चौधरी, करण चौधरी, सञ्जिता चौधरी, अस्मिता चौधरी, सुबिना चौधरी, रिमा चौधरी, अभिषेक चौधरी, अमित चौधरी, बबिता चौधरीलगायतका सहयोगीहरूलाई धन्यवाद दिइएको थियो।

कार्यक्रमको समापनमा सहभागीहरूले सिमसार क्षेत्रको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजक संस्थाहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका छन्।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण 

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण 

बैतडीमा जन्ति बोकेको बस दुर्घटनामा,

बैतडीमा जन्ति बोकेको बस दुर्घटनामा,

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक  समीक्षा बैठक सम्पन्न

सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.