बेलौरी नगरपालिकाद्वारा श्रम विवाद रोकथाम सम्बन्धी अन्तरक्रिया सम्पन्न

दिप न्यूज

समाचार प्रकाशित मिति :

 

नवराज अवस्थी, माघ २२, बेलौरी, कञ्चनपुर।।

बेलौरी नगरपालिकामा श्रम ऐन तथा श्रम विवाद रोकथाम सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “विवादको साटो मेलमिलापको बाटो” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा श्रमिक र रोजगारदाताबीच उत्पन्न हुने विवादलाई कानुनी झमेलाभन्दा आपसी समझदारी र मेलमिलापमार्फत समाधान गर्नुपर्नेमा जोड दिइएको छ।

बेलौरी नगरपालिकाको न्यायिक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय श्रमिक, रोजगारदाता, व्यवसायी, कानुन व्यवसायी, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख प्रशिक्षक परमानन्द भट्टले श्रम ऐनका प्रमुख प्रावधान, श्रम विवादका सामान्य कारण, स्थानीय तहको भूमिकासहित विवाद रोकथामका उपायबारे प्रशिक्षण दिनुभयो। उहाँले श्रम विवादलाई समयमै संवाद र मेलमिलापबाट समाधान गर्न सके औद्योगिक शान्ति कायम हुनुका साथै श्रमिक–रोजगारदाता सम्बन्ध सुदृढ हुने बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले श्रम ऐनको प्रभावकारी कार्यान्वयन, श्रमिक अधिकारको संरक्षण र स्थानीय तहमार्फत न्यायिक पहुँच विस्तार गर्न यस्ता अन्तरक्रिया कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए।

बेलौरी नगरपालिकाको न्यायिक समितिले आगामी दिनमा पनि श्रम तथा सामाजिक न्यायसँग सम्बन्धित चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

हाम्रो प्रेम र संघर्षका अनेक कथा

हाम्रो प्रेम र संघर्षका अनेक कथा

सामुदायिक हितमा अमर गोकुल बन समितिको अनुकरणीय योगदान

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

बाजुरामा बस दुर्घटना, २४ जना घाइते

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

belauri nagarpalika

belauri nagarpalika

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित वडा सदस्य पक्राउ

ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

ईशान मेमोरियल अस्पताल र नेसनल लघुवित्त बेलौरी शाखाबीच स्वास्थ्य सेवा सम्झौता

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.