बेलौरी नगरपालिकाविरुद्ध बेलौरी–६ निवासी केशव बोहराद्वारा शान्तिपूर्ण आमरण अनशनको घोषणा

दिप न्यूज

समाचार प्रकाशित मिति :

महेन्द्र भाट, माघ २०, बेलौरी  (कञ्चनपुर) बेलौरी नगरपालिका–६ निवासी स्थानीय अभियन्ता केशव बोहरा ले बेलौरी नगरपालिकामा वर्षौंदेखि व्याप्त भ्रष्टाचार, बेथिति, कुशासन, कानुनविपरीत तथा अपारदर्शी रूपमा गरिएका करार कर्मचारी नियुक्ति, अलपत्र परेका विकास संरचना, सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा सूचनाको हकबाट आम नागरिकलाई जानाजानी वञ्चित गरिएको आरोप लगाउँदै शान्तिपूर्ण आमरण अनशनको घोषणा गरेका छन्।

बोहराका अनुसार नगरपालिकासँग सम्बन्धित यस्ता गम्भीर विषयहरूमा पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समयमै कुनै सुनुवाइ नभएपछि बाध्य भई आमरण अनशन बस्ने निर्णय लिनुपरेको हो।

नेपालको संविधानको धारा १७ ले प्रत्याभूत गरेको शान्तिपूर्ण रूपमा भेला हुने अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकअनुसार अनशन पूर्ण रूपमा अहिंसात्मक, शान्तिपूर्ण र कानुनसम्मत ढंगले सञ्चालन गरिने उनले जानकारी दिए।

उनले यो आन्दोलन कुनै व्यक्तिगत स्वार्थ, पद, लाभ वा प्रतिशोधका लागि नभई सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न तथा बेलौरी नगरपालिकाका आम नागरिकका हक–अधिकारको संरक्षणका लागि गरिएको स्पष्ट पारे।

“बेलौरीका आम जनताको आवाज दबाउन सकिँदैन,” बोहराले भने, “हाम्रा जायज मागहरू पूरा नभएसम्म यो संघर्ष अविचलित रूपमा जारी रहनेछ।”

आमरण अनशन बेलौरी बजारस्थित भीमदत्त चोकको पिपल चौतारामा सुरु गरिने जनाइएको छ। घटनापछि स्थानीय राजनीतिक, सामाजिक तथा नागरिक वृत्तमा चासो बढेको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

श्री सिद्धेश्वरी माविमा भर्ना अभियान कार्यक्रम सम्पन्न

सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक  समीक्षा बैठक सम्पन्न

सुरक्षित आवास गृहको प्रभावकारिता मूल्याङ्कन गर्दै शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न

पुनर्वास महोत्सव २०८२: १० दिनमा १ लाख ५० हजार दर्शकको अपेक्षा

पुनर्वास महोत्सव २०८२: १० दिनमा १ लाख ५० हजार दर्शकको अपेक्षा

“जननमुना माविको २४औँ वार्षिक उत्सव:शिक्षामा समुदायको सफल उदाहरण”

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.