ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

दिप न्यूज

समाचार प्रकाशित मिति :

२६ पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टोली शनिबार दिउँसो ऐतिहासिक विश्‍वकपमा सहभागी हुनका लागि मलेसिया प्रस्थान गर्दैछ । गत नोभेम्बरमा यूएईलाई हराउँदै आईसीसी यू-१९ महिला टी२० विश्वकपमा छनोट भएको नेपाल त्यसमा सहभागी हुन शनिबार मलेसियातर्फ उड्ने छ ।

विश्वकपमा सहभागी हुने टिमलाई शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच बिदाई गरेको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका सचिव पारस खड्का, उपाध्यक्ष रोशन सिंह तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्मालगायतले शुभकामना दिँदै खेलाडीलाई बिदाई गरेका थिए ।

 

 

 

 

 

विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ। टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने आईसीसी यू-१९ महिला टी२० विश्वकपमा १६ टिमको सहभागिता छ जहाँ चार समूहमा १६ टिमको विभाजन गरिएको छ । नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ ।

नेपाली महिला क्रिकेट इतिहासमा कुनै पनि टोलीले विश्वकप खेल्न लागेको यो पहिलोपटक हो । सन् २००७ देखि महिला क्रिकेटको थालनी भएपनि १७ वर्षपछि विश्वकप खेल्ने अवसर जुरेको हो ।

पहिलो विश्वकप खेल्न उत्साहित खेलाडी

महिला क्रिकेट इतिहासकै पहिलो विश्वकप खेल्न सबै खेलाडी उत्साहित देखिएका छन् । कप्तान पूजा महतोले पनि अबको विश्वकै ठुलो स्टेजमा राम्रो प्रदर्शन गर्न उत्साहित रहेको बताइन् ।

‘एकदमै उत्साहित छौं, हामी सकारात्मक सोच राखेर प्रतियोगितामा आफ्नो बेस्ट दिने प्रयास गर्नेछौं’, पुजाले भनिन् ।

आफूलाई टिम कप्तानको जिम्मेवारी दिएकोमा उनले क्यानलाई धन्यवाद व्यक्त गर्दै सहयोग गर्ने सबैप्रति कृतज्ञ भएको उल्लेख गरिन् । ‘विश्वकपजस्तो स्टेजमा मलाई कप्तानको भूमिका दिनुभएकोमा धेरैधेरै धन्यवाद, प्रशिक्षक लगायत सपोर्टिङ स्टाफलाई पनि धन्यवाद भन्न चाहन्छु’ उनले भनिन् ।

हामीले सुरूवातदेखि नै महिला क्रिकेटका लागि इतिहास रच्दै आइरहेका छौं, विश्वकपमा छनोट भयौं, एसिया कपमा पाकिस्तानलाई हरायौं’ उनले भनिन्, ‘अब विश्वकपमा पनि अझै नयाँ इतिहास बनाउने अवसर छ।’

प्रशिक्षक महेश प्रसाद रिजालले पनि विश्वकपका लागि उत्साहित रहेको बताउँदै ठुला राष्ट्रलाई चूनौति दिने खालको खेल प्रस्तुत गर्नेमा आशावादी रहेको बताए ।

नेपालको लक्ष्य सुपर सिक्स

आईसीसी यू-१९ टी२० विश्वकपको चार समुहमध्ये नेपाल समूह डी मा रहेको छ । हरेक समूहमा चार टोली रहनेमा नेपाल रहेको समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड पनि छन् ।

अस्ट्रेलिया र बंगलादेश तुलनात्मक रूपमा नेपालभन्दा बलिया प्रतिद्वन्द्वी हुन् । स्कटल्याण्ड भने नेपालजस्तै छनोट चरण पार गरेर आएको टिम हो । त्यसकारण नेपालका लागि स्कटल्याण्ड केही सहज प्रतिद्वन्द्वी हुनेछ ।

सबै चार टिमबाट शीर्ष तीन टोली सुपर सिक्स चरणका लागि अगाडि बढ्ने छन् । त्यसकारण एक खेल जितेमा पनि नेपाल अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना रहन्छ ।

यस्तोमा नेपालले स्कटल्याण्डलाई पराजित गरेर स्कटल्याण्ड अन्य खेलमा पराजित भएमा वा स्कटल्याण्डले पनि अर्को खेल जितेको अवस्थामा नेट रनरेटमा नेपाल अगाडि रहेमा सुपर सिक्समा पुग्न सक्छ । त्यसकारण सुपर सिक्समा सम्भावना बनाउन कम्तीमा एक खेल चाहिँ जित्नैपर्ने हुन्छ ।

कप्तान पुजा पनि सुपर सिक्समा पुग्नेमा विश्वस्त छिन् । ‘मलाई पूरा विश्वास छ मेरो टिमका खेलाडीहरूमा, हामी विश्वकपमा राम्रो छाप छाड्ने छौं र सुपर सिक्समा प्रवेश गर्ने छौं’ पुजाले भनिन् ।

प्रशिक्षक रिजाल पनि सुपर सिक्समा पुगेर इतिहास बनाउनमा निश्चिन्त रहेको प्रतिक्रिया दिए । ‘हामीले पहिलोपटक खेल्दै छौं विश्वकप, स्थापित राष्ट्रसँग राम्रो खेल प्रदर्शन गरेर चूनौति दिनेछौं, मुख्य लक्ष्य भनेको त्यही हो, अघिल्लो चरण सुपर सिक्समा पुग्ने’ उनले भने ।

प्रतिद्वन्द्वीहरू कस्ता ?

नेपाली टोलीका लागि अस्ट्रेलिया र स्कटल्याण्ड दुवै टोलीसँग पहिलो अनुभव हुनेछ । बंगलादेशसँग भने गत डिसेम्बरमा भएको एसिया कपमा खेलेको थियो ।

अस्ट्रेलिया यू-१९ महिला क्रिकेट टोलीले अघिल्लोपटक भएको यू-१९ टी२० विश्वकप २०२३ को सेमिफाइनलसम्म पुगेको थियो । समूह चरणमा बंगलादेशले नै अस्ट्रेलियालाई हराएको थियो ।

उक्त विश्वकपमा खेलेका पाँच खेलाडीहरू अहिले पनि अस्ट्रेलियाको विश्वकप खेल्ने टिममा छन् ।खहालसम्म कुल ६ खेल खेलेको टोलीले ४ मा जित निकाल्दा २ खेलमा पराजित भएको छ ।

नेपाल बंगलादेशसँग गत डिसेम्बरमा भएको एसिया कपमा पराजित भएको थियो । बंगलादेश उक्त एसिया कपको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । बंगलादेशको यू-१९ टिम पनि नेपालभन्दा बलियो देखिएको छ ।

तयारी कस्तो छ ?

नेपाली यू-१९ टोलीले एसिया कप खेलेर फर्किएपछि विश्वकपको तयारी स्वरूप चितवनको भरतपुरमा बन्द प्रशिक्षण गरेको थियो ।

भरतपुरस्थित गौतम बुद्ध रंगशालाको नमुना मैदानमा १० दिन प्रशिक्षण गरेको टोलीले काठमाडौं आएर मुलपानी क्रिकेट रंगशालामा पनि केही दिन अन्तिम चरणको प्रशिक्षण गरेको थियो । त्यसअघि विश्वकप छनोटमा जानुअगाडिदेखि नै नेपाली टोलीले विभिन्न चरणमा अभ्यास तथा प्रशिक्षणको अवसर पाएको थियो ।

विश्वकप खेल्नका लागि सबै कुरामा तयार रहेको कप्तान पुजा महतोले बताएकी छन् । ‘दाङदेखि नै राम्रो प्रशिक्षण भइरहेको थियो, त्यहाँदेखि नै विश्वकपमा छनोट हुने लक्ष्यका साथ अघि बढेका थियौं र छनोट पनि भयौं’ उनले भनिन्, ‘अहिलेको पनि अभ्यास राम्रो भएको छ, यसमा साथ दिनुहुने सबैलाई धन्यवाद।’

प्रशिक्षक महेश रिजालले पनि विश्वकपमा लागि तयार रहेको उल्लेख गर्दै भने, ‘एसिया कपबाट फर्किएपछि हामीसँग १७-१८ दिनको समय थियो, अभ्यास र प्रशिक्षण गर्‍यौं र अभ्यासको समापन पनि जितसहित गरेको छौं।’

कप्तान र प्रशिक्षक के भन्छन् ?

विश्वकप खेल्न जानुअघि कप्तान पुजा महतो निकै कन्फिडेन्ट देखिन्थिन् । उनी मात्र नभएर टिमका अन्य सदस्यहरू पनि इतिहासको साक्षी बन्न पाउँदा उत्साहित देखिन्थे ।

कप्तान पुजा महतोले विश्वकप खेल्न निकै उत्साहित रहेको बताइन् । ‘अभ्यास खेलले आत्मविश्वास पनि बढाइरहेको छ, लय पनि राम्रो भइरहेको छ’ उनले भनिन्, ‘यही लय कायमै राखेर राम्रो प्रदर्शन हुनेछ भन्नेमा प्रतिबद्धछु।’

टिमको आत्मविश्वास नै एकदमै बढी रहेको उनको भनाइ थियो । ‘टिममा सबै खेलाडीहरूले निकै सपोर्ट गर्छन्, मलाई मोटिभेट गराउनेदेखि लिएर ब्याक गराउने खेलाडीहरू छन्’ पुजाले भनिन् ।

त्यसैगरी प्रशिक्षक महेश रिजालले विश्वकपबाट नेपालको युवा टोलीलाई थप अनुभव बटुल्ने अवसर रहेको बताउँछन् । विश्वकप छनोटदेखि नै गर्दै आएको राम्रो प्रदर्शनलाई विश्वकपमा पनि निरन्तरता हुनेछ भन्ने कुरामा विश्वस्त रहेको उनले बताए ।

यसरी छनोट भयो नेपाल

नेपालले गत नोभेम्बरमा यूएईमा भएको टी२० विश्वकप एसिया छनोटको निर्णायक खेल् मा यूएईलाई हराउँदै पहिलोपटक विश्वकपमा स्थान बनाएको थियो ।

राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगितामा यूएईसँगको पहिलो खेलमा स्तब्ध बनेको नेपालले अर्को भेटमा जित निकाल्दै विश्वकपको टिकट काटेको थियो ।

छनोटको समूह चरणमा नेपालले यूएईविरुद्ध अन्तिम खेल खेल्नुअघि ४ जित र १ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा थियो । घरेलु टोली यूएई भने ५ खेल नै जित्दै १० अंक जोडेर शीर्ष स्थानमा थियो । नेपालले थाइल्याण्ड र कुवेतलाई २-२ पटक हराउँदा युएईसँग १३ रनले पराजित भएको थियो ।

अन्तिम खेल गर या मरको अवस्थामा रहेको नेपालका लागि जित मात्र पर्याप्त हुने थिएन । आवश्यक रनरेटका साथ जित हात पार्नुपर्ने खेलमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले यूएईलाई ८३ रनमै रोक्यो । नेपालकी कृष्मा गुरुङले ४ विकेट लिइन् ।

यूएईलाई पछि पार्दै शीर्ष स्थानमा पुग्न नेपालले ८४ रनको लक्ष्य १६.२ ओभरमा पूरा गर्नुपर्ने थियो । ओपनर सना प्रविनको अविजित ३५ रन र कप्तान पूजा महतोको २३ रन मद्दतमा नेपालले १४.२ ओभरमै जित हात पार्‍यो र इतिहास रच्न सफल भएको थियो ।

नेपालले विश्वकपअघि वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल पनि खेल्ने छ । वेस्ट इन्डिजसँग जनवरी १३ मा खेल्नेछ भने अमेरिकासँग जनवरी १५ मा खेल्नेछ ।

नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

बेलौरी नगरपालिकाद्वारा २०८१ को आधारभूत तहको समय सारिणी तथा परीक्षा केन्द्र प्रकाशन

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

MPDS डडेलधुराको आयोजनामा पुनर्वासका विभिन्न वडामा महिला तथा लक्षित समुदायको लागि घुम्ती कानुनी सेवा र समुदाय संवाद कार्यक्रम सम्पन्न

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.