प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

दिप न्यूज

समाचार प्रकाशित मिति :

काठमाडौँ — संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नगर्दा प्रदेशमा निर्वाचित जनप्रतिनिधि हरेक कुराका लागि संघीय सरकारको मुख ताक्नुपर्ने स्थितिमा रहेको पूर्वसांसद बिन्दा पाण्डेले बताएकी छन् ।

संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा संघीयता र समावेशीकरण : संरचना र अभ्यास’ अन्तरक्रिया कार्यक्रममा शनिबार उनले प्रदेशका जनप्रतिनिधिले आफूलाई राजनीतिक दलको कार्यकर्ताभन्दा माथि उठाउनुपर्ने बताइन् ।

‘हाम्रा प्रदेशहरूले हरेक कुरामा माथितिर फर्किने स्थिति भएको छ । प्रदेशमा निर्वाचित जनप्रतिनिधि पार्टी प्रतिनिधिभन्दा माथि उठ्न सकेनन् । जनताले जनप्रतिनिधि चुने तर उनीहरू दलहरूका प्रतिनिधिभन्दा माथि उठ्न सक्नुभएन । सम्बन्धित तहले आफूलाई माथि उठाउनुपर्छ,’ उनले भनिन् ।

कुनै अध्ययन र अनुसन्धानबिना नै प्रदेश संरचना खर्चिलो भएको भनी प्रश्न उठिरहेको पाण्डेको भनाइ थियो । ‘नेपालको वित्तीय संघीयताको बारेमा अध्ययन नै भएको छैन,’ उनको भनाइ थियो ।

काठमाडौं आउनुपर्ने कतिपय कामहरू प्रदेश राजधानीबाट नै नागरिकले प्राप्त गरिरहेको पाण्डेको भनाइ थियो । ‘काठमाडौं सिंहदरबार आएर मात्रै हुने काम प्रदेशबाट भइरहेका छन् । नागरिकले गर्नुपर्ने खर्च कटौती भएको छ तर त्यसको अध्ययन नै छैन,’ उनले भनिन्, ‘व्यवस्थामा हुने खर्च कसरी हेर्ने भन्ने कुरालाई फरक दृष्टिले हेर्नुपर्ने हुन्छ । राज्यका तर्फबाट भएको खर्च मात्रै हेर्नु हुँदैन ।’

नेपालमा केही राजनीतिक दलहरू मनैदेखि संघीयता ल्याउन लागेको र केही भने संघीयता स्वीकार्न बाध्य भएको उनले बताइन् । ‘प्रदेश खारेजको मुद्दा उठिरहेको छ । जबसम्म प्रदेश संरचना पूर्णतः कार्यान्वनयमा लैजाने हो तबमात्र प्रदेश संरचना ठिक कि बेठिक भन्ने हुन्छ,’ उनले भनिन् ।

राजनीतिक दलहरू प्रदेश संरचना र संघीयताको विपक्षमा जाने निर्णय नगरेकाले नेताहरूले यसका विरुद्धमा लागेर केही नहुने पाण्डेको भनाइ थियो । ‘पार्टीगत रूपमा कसैले आधिकारीक हिसाबबाट संघीयताका विषयमा नलेखेकाले नेताहरूले कहिले के भने भन्ने कुराको अर्थ छैन । उहाँहरूका बोली त कतिबेला फेरिन्छ भन्ने थाहै हुन्न,’ उनले भनिन् ।

लेखकको बारेमा

rajeev.p
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा समूह अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

रानाथारु संस्कृति संरक्षण र आत्मनिर्भरता दुवैको जोड : बेलौरीमा घंघरिया–अंगिया बनाउने तालिम सम्पन्न

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण 

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण 

भलमन्सा ऐनको उल्लास: बेलौरी माघ मेला २०८१ सम्पन्न

भलमन्सा ऐनको उल्लास: बेलौरी माघ मेला २०८१ सम्पन्न

कञ्चनपुर: बेलौरी नगर भलमन्सा समितिको बखेरी कार्यक्रम सम्पन्न,अध्यक्षमा पुनः अमर चौधरी ,

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

नोभा हस्पिटलको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.