नेशनल लघुवित्तद्वारा कृषि सामग्रीमा विशेष छुट सम्झौता

दिप न्यूज

समाचार प्रकाशित मिति :

०८१ फाल्गुन ८ गते, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीको आयोजनामा कृषि सामग्री खरिदमा विशेष छुट सम्बन्धी सम्झौता कार्यक्रम सम्पन्न भएको छ। सम्झौताअनुसार स्मरण एग्रोभेट सेन्टरसँगको सहकार्यमा दुई वर्षसम्म संस्थाका सदस्यहरूले विभिन्न कृषि सामग्री खरिदमा विशेष छुट पाउने भएका छन्। यस अन्तर्गत कीटनाशक विषादी खरिदमा २०%, उन्नत जातका बीउ-बिजनमा १०%, हाइब्रिड जातका बीउ-बिजनमा ५% देखि ७%, पशुपन्छी औषधिमा १६%, कृषिजन्य मेसिनरी औजारमा १२% तथा जैविक मल खरिदमा ७% सम्म छुट उपलब्ध हुनेछ।

कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बिसराम रान रहनुभएको थियो। कार्यक्रममा वडा सदस्य लक्ष्मी चन्द, वडा सदस्य शारदा पार्की, पचुई पहरी चौकी प्रमुख ऐन बहादुर पाल, व्यवसायी बल बहादुर डगौरा, स्थानीय बुद्धिजीवी, व्यापारी तथा नेशनल लघुवित्तका सदस्यहरू गरी ८१ जना सहभागी भएका थिए। शाखा प्रमुख बमकृष्ण वलीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि रानाले लघुवित्त संस्थाले सञ्चालन गरेका यस्ता कार्यक्रमहरू किसानहरूका लागि निकै उपयोगी रहेको उल्लेख गर्दै आगामी दिनमा अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।शा

खा प्रमुख वलीले वित्तीय साक्षरतासम्बन्धी विभिन्न विषयहरूमा जानकारी गराउँदै, संस्थाले भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने र सदस्यहरूलाई लघु उद्यमीका रूपमा स्थापित गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो। साथै, संस्थामा आबद्ध सदस्यहरूले बेलौरीस्थित दिलीप एग्रोभेट सेन्टर, धनगढीस्थित माया मेर्टो तथा सिपी अस्पतालमा पनि ५% देखि २०% सम्मको छुट पाउने जानकारी गराइयो।

कार्यक्रममा र्यक्रम बल बहादुर डगौराले सम्झौताअनुसारको छुट प्रदान गर्दै कृषि क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा अन्तनी थारुले स्वागत मन्तव्य दिनुभएको थियो भने सञ्चालन लोक ठगुन्नाले गर्नुभएको थियो। यस सम्झौताले किसानहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

MPDS डडेलधुराको आयोजनामा पुनर्वासका विभिन्न वडामा महिला तथा लक्षित समुदायको लागि घुम्ती कानुनी सेवा र समुदाय संवाद कार्यक्रम सम्पन्न

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

बेलौरीमा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन सम्पन्न, पुनः लाल बहादुर चौधरीको नेतृत्वमा नयाँ समिति चयन

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

belauri nagarpalika

belauri nagarpalika

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.