नेशनल लघुवित्त शाखा कार्यालय बेलौरीको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,

दिप न्यूज

समाचार प्रकाशित मिति :

कञ्चनपुर, बेलौरी — नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बेलौरीले संस्थाको ११ वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरेको अवसरमा बेलौरी नगरपालिका–६, पुरानो बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसको हलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न गरेको छ।

कार्यक्रमको सुरुवात शाखा प्रमुख बमकृष्ण वलीको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रमको सभाध्यक्ष अनुगमन कार्यालय अत्तरियाका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा रहनु भएको थियो भने सञ्चालन सहायक कर्मचारी लोक ठगुन्नाले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी रहनु भएको थियो। उहाँले सम्बोधन गर्दै नेशनल लघुवित्तले गरीब, विपन्न र पछाडि परेका समुदायको जीवनस्तर उकास्न सक्रिय भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। “नेपालमा अन्य लघुवित्त संस्थाहरूले यस्तो प्रकारको कार्यक्रम गरेर समुदायसँग जोडिने प्रयास कम गरेको पाइन्छ, तर नेशनल लघुवित्तले जनताको माझमा पुगेर यस्तो सराहनीय कार्य गर्नु साँचिकै प्रशंसायोग्य हो,” उहाँले भन्नुभयो।

उपप्रमुख चौधरीले सहभागीहरूलाई कर्जा लिँदा आवश्यकताअनुसार व्यवसायका लागि मात्र लिनु पर्ने र त्यसको उचित सदुपयोग गर्न जरुरी रहेको सुझाव दिनुभयो।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा आयोजना गरिएको “नेशनल हाजीरी जवाफ कार्यक्रम” मा ९ वटा महिला समूहहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा समूह नं. ९८ – साथी बिचटोल महिला समूह, बेलडाँडी ले प्रथम स्थान हासिल गरेको थियो। समूह नं. ११९ – उन्नति महिला समूह, पुनर्वास दोस्रो र समूह नं. ४७ – कोटीहोम महिला समूह, पुनर्वास तेस्रो स्थानमा रहेका थिए।

सभाध्यक्ष अमरेश कुमार कुशवाहाले कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी महत्वपूर्ण जानकारी तथा प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले लघुवित्त संस्था वित्तीय पहुँचविहीन वर्गका लागि आर्थिक रूपले सबल बन्ने माध्यम भएको र यस प्रकारका जनचेतनामूलक कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमको अन्त्यमा केक काट्दै सहभागीहरूसँग रमाइलो वातावरणमा १२ औं वार्षिकोत्सव उत्साहपूर्वक मनाइएको थियो। शाखाले आगामी दिनमा अझ प्रभावकारी र समुदायमैत्री कार्यक्रमहरू सञ्चालन गर्दै सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

नेशनल लघुवित्त शाखा कार्यालय बेलौरीको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न,

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

ताल तथा सिमसार क्षेत्रमा पाइने चरा संरक्षण कार्यक्रम सम्पन्न

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाखको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई प्राथमिकता

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

बैतडीमा जन्ति बोकेको बस दुर्घटनामा,

बैतडीमा जन्ति बोकेको बस दुर्घटनामा,

बेलौरी नगरपालिकाद्वारा २०८१ को आधारभूत तहको समय सारिणी तथा परीक्षा केन्द्र प्रकाशन

belauri nagarpalika

belauri nagarpalika

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

Laljhadi

Laljhadi

बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

बेलौरी–४ मा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुने

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.