कञ्चनपुर: बेलौरी नगर भलमन्सा समितिको बखेरी कार्यक्रम सम्पन्न,अध्यक्षमा पुनः अमर चौधरी ,

दिप न्यूज

समाचार प्रकाशित मिति :

नवराज अवस्थी, बैशाख २३, बेलौरी कञ्चनपुर, — कञ्चनपुर जिल्लाकाे बेलौरी नगरपालिकामा नगर भलमन्सा समितिको  बखेरी कार्यक्रम सम्पन्न भएको छ। मंगलबार बेलौरी नगरपालिकाको आयोजनामा र नगर भलमन्सा समितिको सहजीकरणमा नगरपालिकाको कार्यक्षेत्रभित्र रहेका भलमन्सा प्रणालीको संरक्षण, प्रवर्द्धन र विकास गर्न तयार गरिएको भलमन्सा ऐन २०७८ को दफा ६ बमोजिम नगरप्रमुख पोतेलाल चौधरी को प्रमुख आतिथ्यतामा नगर बखेरी कार्यक्रम सम्पन्न भएको हाे।

यस भेलाबाट अमर चौधरीलाई पुनः सर्वसम्मत रूपमा नगर भलमन्सा (अध्यक्ष) पदमा निर्वाचित गरिएको छ।समितिको सह-भलमन्सा पदमा गुरु प्रसाद चौधरी र सुरेश कुमार वडायक चयन भएका छन् भने सचिवको जिम्मेवारी विक्रम बखरियाले सम्हाल्नेछन्।

कार्यक्रममा नगर प्रमुख पोतेलाल चौधरीले भलमन्सा ऐन का उद्देश्य र महत्वबारे जानकारी दिँदै यस ऐनको कार्यान्वयनले स्थानीय तहमा मेलमिलाप, आपसी समझदारी र विवाद समाधान प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने कुरा स्पष्ट पारे। नगर भलमन्सा समितिको कार्यशैलीलाई अझ प्रभावकारी बनाउने र स्थानीय समाजमा न्याय र समानताको वातावरण सिर्जना गर्ने कार्यमा सहयोग पुर्याउने दृढ प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस ऐनको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य अपेक्षि गरिएको बताए।

कार्यक्रममा नगरका विभिन्न वडाका भलमन्सा सदस्यहरू, समाजसेवी, बुद्धिजीवी, स्थानीय अगुवा र नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले भलमन्सा समितिको कार्यसमितिलाई बधाई दिँदै यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

belauri nagarpalika

belauri nagarpalika

Laljhadi

Laljhadi

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

नेसनल लघुवित्तको पहल : गाउँस्तरमै वित्तीय चेतना विस्तार

नेसनल लघुवित्तको पहल : गाउँस्तरमै वित्तीय चेतना विस्तार

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीद्वारा कृषि सहायतामा विशेष छुट कार्यक्रम सम्पन्न

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

belauri nagarpalika

belauri nagarpalika

महँगी दर १४ महिनायताकै उच्च

महँगी दर १४ महिनायताकै उच्च

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.