बैतडीमा जन्ति बोकेको बस दुर्घटनामा,

दिप न्यूज

समाचार प्रकाशित मिति :

बैतडी, माघ २२ । बैतडीको पुर्चौडी नगरपालिका ७ भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुर्चौडी नगरपालिका वडा नम्बर ७ कै बढ्गाउँ मोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पवनदुत यातायातको सु प प्र ०२ ००१ ख १११९ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खस्दा घटनास्थलमै तथा उपचारको क्रममा गरी ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार साँझ करिब ९ ,१० बजेको समयमा १८ जना महिला र २७ जना पुरुष गरी जम्मा ४५ जनाको उद्धार गरिएको छ । घाइतेमध्ये ३२ जना हाल कोटिला स्वास्थ्य चौकीमा उपचाररत छन् भने तीमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको बुझिएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा बझाङ बित्थडचिर गाउँपालिका(७ बस्ने वर्ष ४० का केशब राज जोशी, वर्ष १३ का अशोक राज जोशी, वर्ष ३५ का बसन्त जोशी, वर्ष ४१ का विष्णु दत्त जोशी ९ उपचारको क्रममा०, वर्ष ४२ का नरेश राज जोशी ९उपचारको क्रममा०, बझाङ केदारस्यु गाउँपालिका बस्ने वर्ष ६० का मोहन देव भट्ट, बझाङ जयपृथ्वी नगरपालिका(७ बस्ने वर्ष ४० का बसन्त राज रतला र बैतडी पुर्चौडी नगरपालिका(७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी रहेका छन् ।

‘दुर्घटनाको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली खटिएको छ भने पाटनबाट सशस्त्र प्रहरीका डीएसपी शंकर धामी नेतृत्वको टोली पनि घटनास्थलमा पुगेको छ । स्थानीयहरुले समेत उद्धारमा सहयोग गरिरहेका छन्,’ प्रहरी नायव उपरीक्षक रायले बताउनुभयो ।

बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा दुर्घटनामा परेको हो । घाइतेहरुलाई स्कुल बसमार्फत छिटो डडेल्धुरा अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले जानकारी दिनुभयो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

Deep News
Deep News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

लोकप्रिय समाचार

श्री सिद्धेश्वरी माविमा भर्ना अभियान कार्यक्रम सम्पन्न

सांगीतिक क्षेत्रका प्रेमजोडी

सांगीतिक क्षेत्रका प्रेमजोडी

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

“जननमुना माविको २४औँ वार्षिक उत्सव:शिक्षामा समुदायको सफल उदाहरण”

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

सांस्कृतिक कार्यक्रमका नाममा मौलाउँदै नीतिगत भ्रष्टाचार

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

विद्यार्थीको स्वास्थ्य जोखिममा? बेलौरीमा बिदा बेवास्ता गर्दै विद्यालय सञ्चालन

विद्यार्थीको स्वास्थ्य जोखिममा? बेलौरीमा बिदा बेवास्ता गर्दै विद्यालय सञ्चालन

छुटाउनुभयो कि ?

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

दिप न्युज प्रा .ली

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.

दिप न्युज प्रा.लि देखि संचालित दिप न्युज दैनिकको आधिकारिक अनलाइन पत्रिका

सम्पर्क

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: २८९४९५ /२०७८/०७९
स्थाइ लेखा नं: ६१०२७२०३३
सूचना तथा प्रशारण विभाग दर्ता नं: 
प्रेश काउंसिल नेपाल दर्ता नं:
बेलौरी नगरपालिका कार्यालय दर्ता नं:

हाम्रो टीम

प्रबन्ध निर्देशक : नवराज अवस्थी
सम्पादक: नवराज अवस्थी
अतिथि सम्पादक/सलाहकार :
संरक्षक:

© Copyright 2026 deeponlinenews.com. All rights reserved.