सेवाग्राहीलाई शास्ती कर्मचारीको मस्ती

माधब पौडेल, ०५ कार्तिक। कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयका अधिकांश कर्मचारी सोमबार कार्यालयको व्यस्त काम छोडी बेलौरी नगरपालिका वडा नम्बर १ र २ को संयुक्त आयोजनामा खुल्ला फुटबल प्रतियोगिता अधिकांश कर्मचारी फुटबल प्रतियोगिता हेर्नमा व्यस्त रहेका थिए।

सर्वाधिक धनराशीको फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि बनेका नगर प्रमुख पोतीलाल चौधरीकै अगाडि व्यस्त कार्यालयको कामकाज छोडी अधिकांश कर्मचारी खेलकुद मैदान थिए। कर्मचारीले नगर प्रमुख चौधरीलाई समेत व्यवस्था गर्दै खेलकुद प्रतियगिता नहुँदा सम्म खेल हेर्नमा व्यस्त हुँदा कार्यालयको कामकाज समेत असर परेको सेवाग्राहीको गुनासाे रहेको छ।नगरपालिकाबाट भेट्रान खेल लागि टीम लिएर पुगेका बेलौरी नगरपालिकाका शिक्षा शाखाका कम्प्युटर अपरेटर अशोक पाण्डेयको टीममा पालिकाका पुर्वाधार शाखा,लेखा प्रशासन शाखामा कार्यरत कर्मचारी,बेलौरी नगरपालिकाका कार्यालयमा कार्यरत सवारी चालक सहितको अधिकांश टीम लिएर कार्यालय समयमै खेलकुद प्रतियोगितामा आउँदा कार्यालयको कामकाज अनियमित हुँदा समेत कार्यालय प्रमुख कडाई गरेको देखिँदैन।अहिले बेलौरी नगरपालिका कार्यालयको शिक्षा शाखामा कार्यरत निमित्त शाखा प्रमुख अमित प्रसाद भट्ट शैक्षिक भ्रमण हुँदा शाखाको काम कम्प्युटर अपरेटर पाण्डेयले हेर्न गरेपनि कार्यालयको कामको व्यवस्ता गर्दै आफ्नै कप्तानीमा नगरपालिकाका अधिकांश कर्मचारी लिएर खेलकुदमा उपस्थित थिए। बेलौरी नगरपालिकामा अधिकांश कर्मचारी कार्यालय समय भन्दा ढिलो आउने,कार्यालयमा हाजिर गरेर कार्यालयमा देख्दैनन्।अब त्यसको नियमन कस्ले गर्नेमा सेवाग्राहीले दुःखसो पोखेका छन्।।

Leave a Reply