उखु खेती प्रवर्द्धनका लागि तालिम सम्पन्न

नवराज अवस्थी बेलडाँडी, २०८१ मंसिर २६ – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बेलौरीको आयोजनामा उखु खेती सम्बन्धी एकदिने विशेष तालिम बेलडाँडी गाउँपालिकामा सम्पन्न भएको छ।

उक्त तालिम वडा नं. २ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको हलमा आयोजित थियो। शाखा प्रमुख बमकृष्ण वलीले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमा सभाध्यक्षता अनुगमन अधिकृत अमरेश कुमार कुशहावाले गर्नुभएको थियो भने सहायक कर्मचारी लोक ठगुन्नाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।तालिममा प्रमुख अतिथिका रूपमा बेलडाँडी गाउँपालिकाको वडा नं. २ का कार्यवाहक अध्यक्ष रमेश चनारा विशिष्ट अतिथिका रूपमा ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी सहायक निरीक्षक नर्प साहको उपस्थिति रहेको थियो।

तालिमका प्रशिक्षक सागर बिष्ट र हरिस सेटीले उखु खेतीसम्बन्धी विविध विषयमा सहभागी कृषकहरूलाई जानकारी दिएका थिए। उखु खेतीमा लाग्ने रोग, कीरा, मलखाद व्यवस्थापन, रोप्ने सही तरिका, उत्पादन वृद्धि, र बजार व्यवस्थापनलगायतका विषयमा विस्तृत प्राविधिक प्रशिक्षण प्रदान गरिएको थियो।कार्यक्रममा ४३ जना कृषकको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी कृषकहरूले तालिम अत्यन्त उपयोगी रहेको र यसले उखु खेतीलाई थप व्यवस्थित, वैज्ञानिक, र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नेशनल लघुवित्त वित्तीय संस्थाका प्रतिनिधिहरूका अनुसार, कृषकहरूको आय वृद्धि र स्थानीय उत्पादनलाई बढावा दिन यस्ता तालिमलाई निरन्तरता दिने योजना रहेको छ। कार्यक्रमले कृषकहरूलाई आत्मनिर्भर बन्न थप प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।

Leave a Reply