अध्यक्ष थापा बिरूद्ध भ्रामक समाचार प्रकाशित

नवराज अवस्थी , मंसिर २६ कञ्चनपुर– कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ११ स्थित श्री अमरगोकुल सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०७९-८० मा काठदाउरा संकलन गर्न नसकेको भए पनि आर्थिक वर्ष २०८०-०८१ मा वन सर्वेक्षण गरी काठदाउरा संकलन कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। समूहले काठ गोलिया दाउरा बिक्री वितरण गर्दै २५ सय क्युफिट काठ बिक्री गरी आम्दानी रकम बैंकमा दाखिला गरेको जानकारी दिएको छ।

सामुदायिक वन समूहले १५ सदस्यीय कार्यसमिति गठन गर्दै वन संरक्षणका लागि सक्रिय रूपमा काम गर्दै आएको बताइएको छ। समूहले हालसम्म वन संरक्षण र झाडी सफाई जस्ता महत्वपूर्ण कार्यमा पनि खर्च गरेको छ।

तर, समूहका अध्यक्ष मानबहादुर थापाले सार्वजनिक गरेका अनुसार, श्रम सिर्जना पत्रिकाका सम्पादक नहकुल जिसीले धम्कीपूर्ण व्यवहार र रकम मागको आरोप लगाएको छ। यदि इच्छाएको रकम प्राप्त नगरेको खण्डमा, नहकुल जिसीले समूह र अध्यक्षको चरित्र हत्या गर्दै गलत र तथ्यहीन समाचार फैलाएको आरोप लगाइएको छ।

समूहले यो विषयमा कानुनी कदम चाल्न निर्णय गरेको छ र नहकुल जिसीको बारेमा छानबिन गर्दै आवश्यक कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ। २०८१ सालको ८ महिना १५ र २४ गते प्रकाशित पत्रिकामा पुनः भ्रामक समाचार फैलाइएकोले समूहले कानुनी प्रक्रिया अघि बढाएको हो।

यस संदर्भमा, प्रेस विज्ञप्ति जारी गर्दै समूहले सम्बन्धित निकायलाई जानकारी गराएको छ र भविष्यमा यस्ता गलत कार्यको माकुशी गर्न कानुनी कार्यवाहीको संकेत दिएको छ।

Leave a Reply