परम्परागत शैलीमा मनाइयो सीतानगरमा वृहत होली

२०८० चैत्र शनिबार, गते कञ्चनपुर ।कञ्चनपुरको बेलौरी नगरपालिकामा वडा नं ५ स्थित श्री सिताराम साकेधाम मंदीरले समितिले परम्परागत रूपमा वृहत होली कार्यक्रम गरेको छ ।

शनिवार, आइतबार र सोमबार ३ दिन आफ्नो समुदायका प्रत्येक घरहरूमा परापुर्वकालदेखी गाउदै आएका मौलिक होली गितहरू गाउदैँ एकले अर्कालाई रङ र अबिर दलेर शुभकामना आदान प्रदान गर्दै, साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान गरि रमाइलो गर्दै परम्परागत रूपमा होली पर्व मनाइएको होली कमिटीका संयोजक राजु कुवंरले बताउनुभएको छ।

आफ्नो लोपहुदैं गइरहेको संस्कृतिलाइ बचाउने र होलीमा संकलन भएको रकम मंन्दीर व्यवस्थापनमा प्रयोग गर्ने उदेश्यका साथ होली खेलिएको मंन्दीर व्यवस्थापनका अध्यक्ष गम्भीर सिहं कॅुवरले बताउनुभएको छ।

सिताराम साकेधाम मन्दिरका उपाध्यक्ष राजु कुवँरको संयोजकत्वमा र गणेश वहादुर बिष्टको उपसंयोजकत्वमा होली कार्यक्रम भएको हो । होली कार्यक्रममा मंन्दीर समितीका पदाधिकारीहरू, सल्लाहकारहरू लगाएत स्थानिय युवाहरूको सहभागिता रहेको थियो ।

Leave a Reply